वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन्।
प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्।
प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।
संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले राजनीतिक परिस्थितिबारे बैठकमा सम्बोधन गर्नेछन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धोती जुलुस निकालेको छ। नेकपा ओली समूहको युवा संघले शनिबार काठमाडौंमा धोती जुलुस निकालेकोे हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते चुनाव हुने दाबी गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्य मुलुकबाट किनेर खाने देश नभएको बताएका छन्। धनगढीमा शुक्रबार आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल अरु देशबाट किनेर खाने आयात्मक देश नभएको बताएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज पनि काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मध्यान्ह १२ बजे हुने अनेरास्ववियू केन्द्रीय कमिटीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रचार गर्न नदिइएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र अब कसैले खोस्न नसक्ने बताएका छन्। आफू पक्षीय सुदूरपश्चिमका कार्यकताहरुले बबरमहलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने दाबी गरेका हुन्।
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूले भन्दै नभनेको कुरा एक सञ्चारमाध्यमले समाचार बनाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेर आफ्नो निरंकुश चरित्र आफैंले उदांग पारेको टिप्पणी नेकपा (प्रचण्ड-माधव) पक्षका स्थायी कमिटी सदस्य भीम रावलले गरेका छन्।
प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।