coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री ओलीबाट पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सदनमा प्रधानमन्त्रीको राजीनामा माग

ओली नेतृत्वकै सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्दा एउटा शब्द गलत प्रयोग भएपछि नैतिकताका आधारमा राजीनामा दिन लगाइएको र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग कोट्याउँदै सांसद पम्फा भुसालले भनिन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक ठहरिएपछि प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनु पर्दैन ?’

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुन थालेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् बैठक विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको बताए।

प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयपछि टेलिफोन किन गरे ?

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्।

लक्ष्यअघि नै दिगो विकास मापदण्ड पूरा हुने प्रचुर सम्भावना छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना रहेको बताए।

तीन वर्षमा हामीले उथलपुथल हुने काम गरेका छौंं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले चौतर्फी विकास गरेको दाबी गरेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आइतबार आयोजना गरेको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षको अवधिका भौतिक तथा सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

सरकारले यति धेरै काम गरेको छ कि एक छिनमा भन्नै सकिन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षको अवधिमा थुप्रै काम गरेको दाबी गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा सरकारले थुप्रै काम गरेको बताएका हुन्।

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए।

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनकै निवासमा

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली नेकपाका नेता वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।

विप्लवसँगको सहमतिपछि नेपाल शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्वमा नरहेको नरहेको बताए।

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्। बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।

हाम्रो सरकार नेपालको लागि ‘कम्फर्टेबल’ छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हित गर्ने सरकारको आवश्यक रहेको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका लागि काम गर्ने सरकार चाहिएको बताएका हुन्।

प्रधानमन्त्री ओली भन्छन्ः कुस्ती नै खेल्ने हो, बलियो छु भन्ने लाग्छ भने प्रतिश्पर्धा गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा प्रधानमन्त्रीको खोजी भईरहेको बताएका छन् । प्रधानमन्त्री खोज्न दौडादौड चलिरहेको उनले बताए ।

पार्टी र देशलाई प्रभावकारी रुपमा चलाएकाले म माथि प्रहार गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन्। सोमबार पोखरामा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय गण्डकी प्रदेश स्तरीय भेलामा प्रधानमन्त्री ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन्।

विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन्। कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्