१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भयो : दिनानाथ शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्। राष्ट्रियसभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार सांसद शर्माले पार्टीको अन्तरविरोधका कारण जननिर्वाचित प्रतिनिधिसभा विघटन हुनु दुखद् भएको बताए।  

उनले प्रतिनिधिसभा विघटनबारे राष्ट्रियसभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको दुखेसो पोखेका थिए।  

सांसद शर्माले पार्टी विभाजन रोक्नसक्ने केही तरिका भए उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई आग्रह समेत गरे। उनले नेकपा विभाजनबाट आफू चिन्तित बनेको बताए। 

प्रकाशित: १७ पुस २०७७ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App