१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आगलागीबाट विस्थापित परिवारलाई राहत

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई कोषले नगद १० हजार राहत प्रदान गरेको हो ।

पहिरोले धनकुटामा पाँच परिवार विस्थापित, कोशी राजमार्ग अबरुद्ध

भारी वर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानका बस्ती जोखिम परेका छन् भने केहीँ परिवार बिस्थापितका भएका छन् । पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका तीन घर र धनकुटा नगरपालिका–१ हिलेका दुई घर बिस्तापित भएका हुन ।

पहिरोबाट १० परिवार विस्थापित

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो । घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

बारेकोट पहिरो : आठ सय घर विस्थापित

जाजरकोटस्थित बारेकोट–४, सार्की गाउँका करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । असार २५ गते ११ जनाको मृत्यु र एकजना बेपत्ता हुने गरी गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।

पहिरोले ९ परिवार विस्थापित

पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानव बस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि नौ घर परिवार विस्थापित भएका हुन् ।

पहिरो विस्थापितलाई अस्थायी बासस्थान

सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

संखुवासभाका विस्थापितलाई बेसी झारियो, प्रदेश सरकारको राहत सामग्री हेलिकप्टरमार्फत पुग्यो

पहिरोले विस्थापित भएका संखुवासभाको सिलिचोङ गाउँपालिका १ का ८२ घरपरिवारको लागि प्रदेश १ सरकारले आवश्यक खाद्यान्न तथा राहत सामग्री पुर्‍याएको छ ।

भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

अविरल बर्षासंगै आएको पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित भएका छन । पहिरोका कारण षडानन्द नगरपालिका ४, दिङलाबजारका ५ परिवार विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ ।

गुल्मी इस्मा पहिरो : गाउँ नै विस्थापित

पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिकाको एक गाउँका बासिन्दा विस्थापित भएका छन् । मल्दी, जुठेपानी, खहरे र ढाडाका गरि १ सय १६ घर पहिरोका कारण क्षतीग्रस्त भएपछि विस्थापित भएका हुन । गाउँमाथिबाट निरन्तर पहिरो खसेकाले गाउँपालिकाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएको छ ।

अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।

'आगामी वर्षको बजेट मार्फत १ लाख फुस र खरका छाना विस्थापित गर्छौ'

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस र खरका छाना विस्थापित गरिने बताएका छन् ।

रसुवाको उत्तरगयामा बसिरहेका ४ सय ९८ विस्थापित परिवारलाई चामल वितरण

भूकम्पको कारण विस्थापित भएर जिल्लाको उत्तरगया गाउँपालिकाको विभिन्न स्थानमा बसिरहेका परिवारलाई गाउँपालिकाले चामल उपलब्ध गराएको छ। गाउँपालिकाको वडा नम्बर १ को खाल्डे, गोगने, तिरुलगायतका क्षेत्रमा ७ सय भन्दा बढी विस्थापित परिवार रहेका छन्।

विस्थापित स्थानान्तरण समस्या यथावत्

रसुवाको उत्तरगया गाउँपालिका–१ गोगनेका पूर्णबहादुर घले विस्थापित भएर उत्तरगया–५ खाल्डे बगरस्थित अस्थायी शिविरमा बस्न थालेको पाँच वर्ष हुन लाग्यो। तर उनले अझै स्थायी घर बनाएर कहाँ बस्ने टुंगो लगाउन सकेका छैनन्। जग्गा खोज्ने कार्य जारी छ। जग्गा अझै मिलेको छैन।

आयोडिनयुक्त नूनले ढिके नुन विस्थापित

ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन्। ढिके नूनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्