१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट विस्थापित परिवारलाई राहत

अग्नी पीडित गोबिन्द कट्वाललाई राहत हस्तान्तरण गर्दै प्रदेशसभा सांसद रामकुमार राई । तस्बिर : नागरिक

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई कोषले नगद १० हजार राहत प्रदान गरेको हो । राहत रकम शनिबार प्रदेशसभा सांसद रामकुमार राई पासाङले अग्नी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । 

अग्नी पीडितको सहज जीवनयापनमा सहयोग पुर्‍याउनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । सोही राहत हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सांसद राईले व्यक्तिगततर्फबाट अग्नी पीडित परिवारलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरेका छन् । आगलागीबाट कट्वालको करीव ४० लाख बराबरको क्षति भएको थियो । अग्नि पीडित परिवार हाल जलेकै घरको भान्छामा कष्टपुर्ण तरिकाले बसिरहेका छन् ।

विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि सहयोग गर्न २०७३ सालमा खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा स्थापना गरिएको कोषको व्याजबाट आगलागी, चट्याङ, बाढिपहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका पीडितलाई राहत प्रदान गर्ने गरिएको छ । २०७४ साल फागुन १३ गते दर्ता गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिले क्षतिको मात्राका आधारमा पीडितलाई ५ हजारदेखि प्रतिपरिवार १५ हजारका दरले राहत दिँदै आएको छ ।

प्रकाशित: १० श्रावण २०७७ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App