१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरो विस्थापितलाई अस्थायी बासस्थान

सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो ।  

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्‍याएको थियो । सामग्री पुगेसँगै सेनाले पाल निर्माण गरेको हो । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको पालमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए । पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । गतअसार २७ गते राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एक जनाको मृत्युुसमेत भएको थियो ।

यस्तै, पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन् । बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो । दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । सेनाको एमआई–१७ हेलिकोप्टर पहिरोग्रस्त बेसिन्दामा बस्न नसकेपछि पूर्वमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाले निजी खर्चमा उनीहरुको उद्धार गरेका हुन् ।

प्रकाशित: १ श्रावण २०७७ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App