९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

'आगामी वर्षको बजेट मार्फत १ लाख फुस र खरका छाना विस्थापित गर्छौ'

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । आगामी वर्षको बजेट मार्फत कम्तिमा पनि १ लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रलयले बजेट प्रस्ताव पेश गरेको उनले बताए । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलपछि मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिए ।

राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकामा नयाँ शहरको परिकल्पना गरिएको पनि बताए । प्रस्तावित टोखा—छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी उनले दिए ।

करिब ६५ किलोमिटरको उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा—तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्री मानन्धरले कोभिड—१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तिमा एक नयाँ कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने बताए ।

प्रकाशित: १६ वैशाख २०७७ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App