११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवाको उत्तरगयामा बसिरहेका ४ सय ९८ विस्थापित परिवारलाई चामल वितरण

रसुवा – भूकम्पको कारण विस्थापित भएर जिल्लाको उत्तरगया गाउँपालिकाको विभिन्न स्थानमा बसिरहेका परिवारलाई गाउँपालिकाले चामल उपलब्ध गराएको छ। गाउँपालिकाको वडा नम्बर १ को खाल्डे, गोगने, तिरुलगायतका क्षेत्रमा ७ सय भन्दा बढी विस्थापित परिवार रहेका छन्। 

विस्थापित भएपछि दैनिक ज्यालादारीमा काम गर्दै आएका उनीहरूलाई राहत स्वरूप प्रति परिवार ३० किलो चामल वितरण गरिएको हो। गाउँपालिकाको अन्य क्षेत्रमा कुपन प्रणालीमार्फत प्याकेजमा राहत उपलब्ध गराइएको भएपनि यस क्षेत्रमा परिवार संख्या धेरै भएकाले चामल मात्र उपलब्ध गराइएको हो।

गाउँपालिकाले दिएको जानकारी अनुसार हालसम्म ४ सय ९८ परिवारलाई चामल उपलब्ध गराइएको छ। पाँच लाख भन्दा बढी मूल्यको सामग्री दिनका लागि टेन्डर प्रक्रियामा जानुपर्ने भएकाले तत्कालका लागि चामल मात्र उपलब्ध गराउन सकिएको गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बताइन्। ‘यस क्षेत्रमा ठुलो संख्यामा राहत उपलब्ध गराउन पर्ने भएकाले समस्या सिर्जना भएको हो’, उनले भनिन्, ‘यसकारण आवश्यकता अनुसार उपभोग्य सामग्री उपलब्ध गराउन सकिएन।’
वडा नम्बर १ का वडाध्यक्ष बमबहादुर तामाङले वडामा रहेका सम्पूर्ण विस्थापित परिवारलाई राहत दिने काम भइरहेको बताए।

यो क्षेत्रमा ठूलो संख्यामा विस्थापित परिवार भएकाले राहत संकलन गरेर समेत वितरण गरिएको उनको भनाई थियो। ‘अझै ६२ बोरा चामल पुगेको छैन’, यसको लागि समन्वय गर्ने काम गरिरहेको छु।’ विस्थापित परिवारलाई चामल वितरण कार्य अन्तिम चरणमा पुगेको छ। 

 

प्रकाशित: १० वैशाख २०७७ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App