१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थुनियो अरुणः परिवार विस्थापित

सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ। आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। 

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ। स्थानीयवासी  हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक  मल्लले बताए। घटनाको विस्तृत जानकारी आइसकेको छैन।

 प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई  नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ।  

प्रकाशित: ७ असार २०७७ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App