१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुल्मी इस्मा पहिरो : गाउँ नै विस्थापित

१ सय १६ घरपरिवारको विचल्ली, विद्यालय र प्रतिक्षालयमा व्यवस्थापन

गुल्मी इस्मा गाउँपालिका १ मा गएको पहिरो । तस्विर नागरिक

पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिकाको एक गाउँका बासिन्दा विस्थापित भएका छन् । मल्दी, जुठेपानी, खहरे र ढाडाका गरि १ सय १६ घर पहिरोका कारण क्षतीग्रस्त भएपछि विस्थापित भएका हुन । गाउँमाथिबाट निरन्तर पहिरो खसेकाले गाउँपालिकाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएको छ । 

परेको अविरल वर्षाले इस्माको वडा न. १ मा पहिरोले १६ महिनाका बालक सुरज सारु र ८ बर्षकी बालिका अपेक्षा खत्रीलाई घरसँगै पहिरोले बगाएको थियो । शुक्रबार यी दुवै जनाको मृत अवस्थामा शव भेटिएको थियो । पहिरोले घरसँगै आफ्नो सन्तान बगाएका परिवारले अहिले आश्रय लिएको ठाउँमा काजक्रियामा बसेका छन । परिवारका कुनै सदस्य गुमाएका छन भने कसैको घाईते अवस्थामा उपचार भइरहेको छ । कोरोनाको कहरले सताएको बेला पहिरोले वित्यास निम्त्याएपछि सिंगो गाउँ अस्तव्यस्त भएको छ ।  

सन्तान गुमाउनेलाई दोहोरो पिडा छ भने अन्य गाउँलेहरुलाई पनि पहिरोले विचल्ली बनाएको छ । अधिकांशहरुको घरसँगै गाईभैसी, घरका अन्नपात, खेतीयोग्य जमिन समेत बगाइदिएको छ । मुस्किलले ज्यान बचाएकाहरुलाई बास सँगै गासको समेत चिन्ता थपिएको छ । स्थानीयहरुका अनुसार मानवीय क्षती कम भएपनि भौतीक रुपमा भने ठूलो क्षती भएको छ । ‘१ सय १६ घरमा अहिले बस्न मिल्ने अवस्था छैन, विद्यालय, प्रतिक्षालयमा व्यवस्थापन गरेका छौं’ इस्मा गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले भनिन । गाउँपालिकाले पहिरोले अलपत्र परेकाहरुलाई राहातको व्यवस्थापन गर्ने काम गरिरहेको उनले बताईन । मल्दी, जुठेपानी, खहरे र ढाँडा अहिले सञ्चार, विद्युत र यातायातको सम्पर्कबाट विच्छेद भएको छ ।

उक्त गाउँमा पुग्नका लागि पहिरो छिचोल्दै पुग्नुपरेको छ । विद्युतका पोल ढलेको छ । खानेपानीको पाईप पहिरोले बगाएको छ । राहातका सामाग्री लैजान समेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले बताए । उनका अनुसार इस्मा गाउँपालिका भित्र २ सय घर पहिरोबाट विस्थापित भएका छन् । ‘पहिरोले ठूलो क्षती गराएको छ, कतिपय ठाउँमा सम्पर्क समेत नभएकाले क्षतीको यकिन विवरण आइसकेको छैन’ उनले भने । इस्माका वडा न. १ को ४ वटा टोल नजिकमै छन् । तर यी सबै ठाउँमा भने फरक फरक ठाउँबाट पहिरो खस्नेक्रम जारी हुँदा अझै क्षती हुनसक्ने त्यहाँका स्थानीयहरुले बताएका छन् ।  

गाउँपालिकाले प्रदेश र संघीय सरकारलाई समेत जानकारी गराएको छ । पहिरो प्रभावित गाउँसम्म पुग्न सडकमा गएको पहिरोका कारण समस्या भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । उनले पहिरो प्रभावित क्षेत्रमा तत्तकालका लागि आवश्यक पर्ने राहातका सामाग्रीको व्यवस्थापन गरिएको बताए । उनले ठूलो भौतीक क्षती भएकाले तत्त्कालका लागि पहिरोबाट प्रभावित परिवारहरुको व्यवस्थापनलाई ध्यान दिइएको बताए । यो क्षेत्रमा दुई वर्षअघि पनि पहिरो गएको थियो । गाउँमाथिको ख¥यानबारीबाट पहिरो गएको हो ।  

घाईते ६ जनाको काण्ठमाडौंमा उपचार  

पहिरोमा परि घाईते ६ जनाको काण्ठमाडौंमा उपचार भइरहेको छ ।  पूर्वमन्त्री एंव त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट आफै नेपाली सेनाको हेलिकोप्टरमा आएर घाईतेहरुलाई उपचारका लागि काण्ठमाडौं लगेका हुन । घाईतेमध्ये २ जनाको टिचिङ अस्पताल र ४ जनाको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ । पहिरोले सडक समेत अबरुद्ध भएपछि पूर्वमन्त्री विष्टले हेलिकोप्टर लिएर गाउँ पुगेका थिए । ६४ वर्षिय टिका  खत्री, बर्ष ५ का आयुस खत्री, बर्ष २७ की इश्वरी खत्री,  बर्ष २१ कि श्रृजना सारू, २५ वर्षिय बसन्त सारु, ९० वर्षका पुतली खत्री घाईते भएका हुन ।  

मुसिकोटका घिमिरेको अवस्था पत्ता लागेन  

मुसिकोट न.पा वडा नं २ हाँडीखोला स्थित घुम्ती पसलबाट पहिरोले बगाउदा बेपता भएका भागिरथ घिमिरेको अवस्था अझै पत्ता लागेको छैन ।  पहिरोले शुक्रबारदेखि वेपत्ता घिमिरेको अवस्था पत्ता लगाउनका लागि जनपथ, ससशस्त्र प्रहरी र नेपाल आर्मीको टोली खटिएको छ । पहिरोसँगै हुनसक्ने प्रहरी अनुमान छ । पहिरो क्षेत्रमा खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक केदाराव पन्तले जानकारी दिए । 

पहिरोले मुसिकोट वडा नं. २ का स्थानीयहरुको जनजिवन अस्तव्यस्त भएको छ । बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगायतका दर्जनौ क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ ।  वडा नं. २ मा मात्रै ५१ ओटा घरहरु जोखिममा परेका छन् । पहिरोले स्थानीयहरुको पशुचौपाया र घरमा क्षती पुगेको प्रहरी नायव उपरीक्षक पन्तले बताए । 

प्रकाशित: २० असार २०७७ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App