४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तालमा वाटर स्पोर्टसः नीति नहुँदा जटिलता

पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुंगा व्यवसायमा मात्रै सीमित छ । तालहरुलाई पर्यटन प्रवर्द्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।

बेलाबेला किन भासिन्छ पोखरा

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन। पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ। कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा। ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ। भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ।

भीषण वर्षापछिको भेलले भासियो पोखरा महेन्द्रपुलको सडक (फोटो फिचर)

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा बढेमानको भ्वाङ परेको छ । आइतबार राती नै महेन्द्रपुलमा भ्वाङ परेको थियो । सडक किनारमा भ्वाङ परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ ।

मनास्लु क्षेत्रमा २०५५ पछिको थोरै पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच आर्थिक वर्ष २०७७/०७८ मा एक सय ९४ जना पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

कोरोनाको त्रास बीच पनि पोखराबाट विभिन्न गन्तव्यसम्म भईरहेको हवाई उडानमा अहिले आन्तरिक यात्रु अभाव छैन । हालै मात्र उडान थालिएको नयाँ रुटमा समेत यात्रु पर्याप्त पाइएका छन् । आन्तरिक यात्रु पाइएकै कारण पोखराबाट विभिन्न गन्तव्यमा जोडिएको हवाई रुट स्थापित हुन थालेका छन् ।

पाहुना त आउन थाले, तर, घुम्न पाएनन्

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका छन् ।

कर्मचारीलाई स्थायी र बढुवा गर्ने सहमति कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति

पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

पोखरामा बनेन पशु बधशाला

पोखरामा निर्माण गरिने भनिएको अत्याधुनिक पशु बधशाला अझै बनाउन थालिएको छैन । जमिनको टुंगो नलाग्दा बधशालाको निर्माण टुंगो नलागेको हो ।

पशुपंछी उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल बन्दै

पशुपंछीको उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । घाईते तथा विरामी पशुपंछीको उपचार गर्ने उद्देश्यले कास्की र तनहुँ गरी प्रदेशका २ जिल्लामा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्नेगरी बजेट छुट्टिएको थियो ।

पोखरा रंगशाला पूर्वाधारः फुटबल मैदानमा फ्लड लाईट राख्न पाँच करोड

पोखरा रंगशाला फुटबल मैदानमा फ्लड लाईट जडान गर्न राष्ट्रिय खेलकुद परिषदले रातो किताबमै ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः प्याराग्लाइडिङ उड्न पाउने कि नपाउने ?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानको भविश्य के हुने भन्नेमा अन्योल भने कायमै छ । प्याराग्लाइडिङ व्यवसायीले भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्यराग्लाइडिङलाई बिस्थापित गर्नु नपर्ने गरि अहिलेकै ठाउँमा उडान व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् ।

नेपालगन्ज–पोखरा सिधा उडानले पर्यटन क्षेत्रमा उत्साह

यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन्। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै हुने विश्वास गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्