coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

पोखरा विमानस्थल दिउँसो साढे २ बजेपछि मात्र खुल्यो

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ । विमानस्थल खुलेको भएपनि सबै उडान हुन सक्ने अवस्था नरहेको विमानस्थलले बताएको छ । पोखराबाट विहानीपख हुने धेरै उडान रद्द भएका छन ।  

पोखरा विमानस्थलमा सुचना अधिकारी देवराज सुवेदीका अनुसार मंगलबार दिउँसो साढे २ बजेपछि मात्र विमानस्थल खुलेको छ । बिहानैदेखि विमानस्थल बन्द हुँदा उडान हुन सकेको थिएन । बिहानीपखका सबै उडान रद्द भएको उनले बताए । सोमबार पनि पोखराबाट कुनै पनि उडान हुन सकेका थिएनन् ।  

उनका अनुसार मंगलबार यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटका चारवटा उडान रद्द गरेको छ । यतीका मंगलबार पाँचवटा मात्र उडान थिए । त्यस्तै बुद्धका पनि ११ वटामध्ये आठवटा उडान रद्द भएका छन् । बुद्धले पोखराबाट नेपालगञ्जको एउटा, भैरहवाको दुई  र भरतपुरको एक, तथा काठमाडांैका चारवटा गरि ८ उडान रद्द गरेको छ । बुद्धका काठमाडौंका ७ मध्ये चारवटा रद्द भएपनि तीनवटा बाँकी छन ।  

‘भिजिविलिटी नै पुगेन । बिहानैदेखि भारी वर्षा हुँदा उडान प्रभावित भएको हो,’ सुवेदीले भने, ‘दिउँसो साढे २ बजेपछि बल्ल विमानस्थल खुलेको छ । तरपनि बाँकी उडान हुने वा नहुने भन्न सकिन्न ।’ भारी र निरन्तर वर्षाका कारण सोमबार पोखराबाट हुने कुनैपनि हवाई उडान हुन सकेका थिएनन । सोमबार यतीको पाँच र बुद्धको ११ वटा गरि १६ उडान रहेका थिए । ती सबै उडान रद्द भएको उनले बताए । पोखरामा उडान हुन विमानस्थलको भिजिविलिटी ५ किलोमिटर हुनुपर्छ ।

उडान रद्द भएपछि यात्रुले भने सास्ती खेप्नुपरेको थियो । कतिपय यात्रुले उडान नभएपछि गाडी नै रिजर्भ गरेर गन्तव्यका लागि हिडेका थिए । पछिल्लो समय पोखराबाट हुने आन्तरिक उडानमा यात्रुको चाँप बढिरहेको थियो । 

प्रकाशित: ८ भाद्र २०७८ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App