७ वैशाख २०८१ शुक्रबार
अर्थ

मनास्लु क्षेत्रमा २०५५ पछिको थोरै पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच आर्थिक वर्ष २०७७/०७८ मा एक सय ९४ जना पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४  र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।

आर्थिक वर्ष २०७६/०७७ मा भने पाँच हजा र तीन सय ८६ पर्यटकले मनास्लु भ्रमण ग रेका थिए। २०५५ सालदेखि एमक्यापले मनास्लु क्षेत्रमा गएका पर्यटकको विवरण  राख्न सुरु गरेको थियो। पहिलो वर्ष एक सय चारजना पर्यटक मनास्लु पुगेका थिए। त्यसयता २३ वर्षपछि २०७८ मा कोभिडको प्रभावका कारण एक सय ९४ जना मात्रै पर्यटक मनास्लु पुगेका हुन्। अन्य सबै वर्षमा योभन्दा धेरै पर्यटक जाने गरेका छन्।

२०७७ साउन, भदौ  र २०७८ जेठ, असारमा एकजना पनि पर्यटक मनास्लु गएनन्। अन्य महिनामा भने दुई, तीन, आठदेखि ९४ जनासम्म मनास्लु पुगेका छन्। सार्क  राष्ट्रका एकजना  र बाँकी अन्य देशका छन्। एक सय २९ पुरुष  र ६५ महिलाले गत वर्ष मनास्लु भ्रमण ग रेका हुन्। मनास्लु भ्रमणका लागि पर्यटकले निश्चित शुल्क तिर्नुपर्छ। पोखराको अन्नपूर्णपछिको पदमार्गको रूपमा मनास्लु पदमार्गलाई लिइन्छ। युरोपेली मुलुकका पर्यटकहरू यहाँको भौगोलिक धरातल, हिमशृंखला, हेर्न  र लार्केपासका लागि आउने गर्छन।

व्यक्तिगतभन्दा पनि समूहमा टेकिङ आउने ठाउँको रूपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन्। फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्यान्डका पर्यटक धेरै आउने गरेको आयोजनाले जनाएको छ। एमक्यापले विदेशी पर्यटकको मात्रै तथ्यांक  राख्ने गरेको छ। मनास्लु क्षेत्रमा आन्तरिक पर्यटक पनि जान थालेका थिए। अहिले कोभिडको प्रभावकाले पर्यटक घटेको स्थानीय बताउँछन्। भुकम्पको दुई वर्षपछि उठ्न थालेको मनास्लु क्षेत्रको होटल व्यवसाय कोरोनाले फ रि बन्द हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ।  

करोडाँं लगानी टाट पल्टियो – होटल व्यवसायी

मनास्लु पदमार्गमा गएका पर्यटक लक्षित गरी सञ्चालन भएका होटल टाट पल्टिएको व्यवसायीले बताएका छन्। मनास्लु क्षेत्रका एक सय १० वटाभन्दा बढी होटल कोभिडका कारण एक वर्ष बन्द भएको मनास्लु क्षेत्र होटल व्यवस्थापन समितिका अध्यक्ष गणेश कार्कीले बताए। ‘हाम्रो व्यापार चौपट भयो, अवस्था नाजुक छ। ५० लाखदेखि १८ करोडसम्म लगानी भएका होटल मनास्लुमा छन्,’ उनले भने, ‘तर आम्दानी शून्य छ।’ कतिपयले होटल बन्द गरेको उनले बताए। 

वर्षमा सात/आठ सय पर्यटक  राख्ने उनले २०७७/७८ मा एकजना पनि पर्यटक  राख्न पाएनन्। ‘ऋण काडेर व्यवसाय गर्नेलाई सास्ती भएको छ,’ उनले भने, ‘नाफा त भएन नै घाटा लागेको छ, ऋण तिर्न सकेका छैनन्।’मनास्लु क्षेत्रका होटलको मुख्य प्राथमिकता नै पर्यटक हुन्। राज्यले समस्यामा परेका व्यवसायीलाई लक्षित गरेर कुनै स्किम नल्याएको भन्दै उनले दुखेसो गरे।

कोभिडको असरले पर्यटक आएनन– एमक्याप

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले कोभिडको प्रभावका कारण पर्यटक कम आएको जनाएको छ। पहिलो लहर कम भएसँगै आउन थालेका पर्यटक कोरोनाको दोस्रो लहरपछि घटेको एमक्याप गोरखाका प्रमुख अजित तुम्बाहाम्फेले बताए।  

कोरोना नेपालमा मात्र नभएर पर्यटक आउने देशमा पनि फैलिएकाले पर्यटक घटेको उनले बताए। नेपाल आएका पर्यटक क्वा रेन्टिन बस्नुपर्ने, कोरोना चेकजाँच गर्नुपर्ने  र गन्तव्यतर्फ जान पाउने गरी पहिलो लहरको अन्त्यतिर सरकारले खुला गरेको थियो। त्यतिबेला फाट्टफुट्ट पर्यटक आउन सुरु गरेका थिए। अहिले भने आउने क्रम ठप्प  रहेको उनले बताए।

प्रकाशित: ७ भाद्र २०७८ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App