५ आश्विन २०८१ शनिबार
image/svg+xml

बुद्ध एयरको पोखरा–नेपालगञ्ज उडान सुरु

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः एक वर्ष म्याद थपियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एकवर्ष म्याद थपिएको छ । गत जुलाई १० मा विमानस्थल तयार हुनुपर्ने हो । तर, एकवर्ष म्याद थपिएपछि सन् २०२२ को जुलाई १० सम्म विमानस्थल तयार हुनेछ ।

आजदेखि बुद्धको पोखरा–नेपालगन्ज उडान

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगन्ज–पोखरा उडान गर्दैछ। यात्रुको चाप बढे सातै दिन वा दिनमै एकभन्दा बढी उडान गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।

बुद्ध एयरले भोलिदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै

आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु हुँदैछ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक यात्रुको आउजाउमा सहज हुने र भारतीय पर्यटकलाई पोखरा ल्याउन थप बल पुग्ने एयरलाइन्सको भनाई छ ।

पोखरा रंगशाला फुटबल मैदानलाई मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड बनाउने प्रस्ताव

अखिल नेपाल फुटबल संघ शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि सारेको छ । यद्यपी प्रस्तावको निर्णय भईसकेको छैन् ।

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो।

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।

महामारीले छेकेन भक्तजनलाई (फोटोफिचर)

अघिल्लो वर्ष जसरी यसवर्ष पनि पोखरामा आयोजना गरिएको बोलबम कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको छ ।

पोखरालाई नयाँ ब्राण्ड ‘पोखरा, प्योर एज प्याराडाइज’

कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि पर्यटन बोर्डले पोखरालाई नयाँ नाममा ब्राण्डिङ गर्ने तयारी गरेको छ । त्यसका लागि ‘पोखरा, प्योर एज प्याराडाइज’ भनेर नयाँ नाममा ब्राण्डिङ गर्न थालिएको हो ।

पोखरामा वर्षमा २ लाख ९१ हजार घनमिटर नदीजन्य वस्तु उत्खनन

ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन्। खानी तथा घाट उत्खननको टेन्डरमार्फत महानगरपालिकाले राजस्व उठाउँदै आएको छ। घाटहरूबाट महानगरले वार्षिक २० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तोकिएको समय सकियो, विमानस्थल पूरा भएन

निर्माण अवधिमा कुनैखाले अवरोध नआउँदो हो त शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । तर, कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनीले एक वर्ष म्याद थप्नका लागि माग गरेको छ ।

चरालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘थ्रेट’

विकासले विनास पनि सँगसँगै लिएर आउँछ । विकासकै कारण धेरैतिर विनास पनि भएका छन् । पछिल्लो समय सडक सञ्जाल बिस्तारको क्रममा जथाभावी खनिएको सडकले वर्षातमा पहिरोको जोखिम बढाएको छ । यस्तै ठुला विकासले पर्यावरणमा समेत गम्भीर असर पुर्याउने अध्ययनले देखाएको छ ।

पोखराको वर्षाः नौ घण्टामा २५८ मिलिमिटर

पोखरामा छोटो समयमा भीषण वर्षा हुने हुँदा यहाँ सधैं र सबैतिर अस्तव्यस्त हुने गरेको छ । पछिल्ला केहीदिनमा रातको समयमा यहाँ भीषण वर्षा हुँदै आएको छ । मंगलबार बेलुकी यहाँ भारी वर्षा भएको थियो । छोटो समयमा भारी वर्षा हुँदा केही क्षेत्र डुबानमा समेत परेका छन ।

पोखरा महानगरभित्रबाट वर्षमा २ लाख ९१ हजार घनमिटर नदीजन्य बस्तु निकालिन्छ

पोखरा महानगरपालिकाभित्र ठूला र साना ३३ वटा घाट छन् । ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन् । खानी तथा घाट उत्खनन् गर्न टेण्डर आह्वान मार्फत महानगरपालिकाले वर्षेनी राजस्व उठाउँदै आएको छ । घाटहरुबाट महानगरले वार्षिक २० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्दैै आएको छ ।

पर्यटन व्यवसायी भन्छन्ः व्यवसाय टिकाउन सकस भयो

कोरोना भाइरस संक्रमणको चपेटामा परेका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको भन्दै सरकारको साथ नपाए व्यवसाय टिकाउन नसकिने बताएका छन् । पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्