५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन

पोखरामा केपी ओली सरकारबिरुद्ध प्रदर्शन भएको छ। बिपक्षी गठबन्धनमा रहेका पाँच पार्टीका विद्यार्थी संगठनहरूले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि मशाल जुलुश प्रदर्शन गरेका हुन्।

पोखरामा ‘लेक टु लेक’ साईकल रुटको योजना

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तालदेखि तालसम्म साईकल रुट बनाउन पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ छुट्टाएको छ ।

पोखरा स्पोर्टस अवार्डः नवीन र पार्वती सर्वोत्कृष्ट खेलाडी

नवीन रसाईली र पार्वती गुरुङ पाँचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार वितरण गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ कराँतेका रसाइली र महिलातर्फ तेक्वान्दोकी गुरुङले वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

पोखरा स्पोर्टस अवार्ड भोलि

‘पोखरा स्पोर्टस अवार्ड’ भोलि शुक्रबार हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हरेकवर्ष हुँदै आएको अवार्डको पाँचौ संस्करण शुक्रबार पोखरामा आयोजना हुन लागेको हो । खेलकुदका विभिन्न ७ विधामा अवार्ड वितरण गरिदैछ ।

पोखरा स्पोर्टस अवार्डः लाईफटाईम अचिभमेन्ट अवार्ड रञ्जितलाई

पोखरा स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालामा हुने पाचौं पोखरा स्पोर्टस् अवार्डकोको तयारी पूरा भएको हो । गत वैशाखमै गर्ने भनिएको अवार्ड कोभिड–१९ को संक्रमण बढेर निषेधाज्ञा लागु हुँदा रोकिएको थियो ।

बाच्छी–पाडी हुर्काउने किसानलाई अनुदान

पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महानगरले आगामी आर्थिक वर्षको लागि किसानलाई अनुदान दिनेगरि बजेटमा समावेश गरेको हो ।

पोखराको नयाँ गन्तव्य–पुम्दीकोटको शिव मूर्ति (फोटो फिचर)

पोखरा महानगरपालिका– २२ को पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको काम सकिन नपाउँदै घुमघामका लागि आन्तरिक पर्यटक आउन थालेका छन् ।

पोखरामा सहलगानीमा खानेपानी आयोजना

पोखरा महानगरपालिकाले एकघर एक धाराको अवधारणा ल्याएपनि दुई वटामा सञ्चालित आयोजना पुरा नहुदाँ महानगरको योजना कार्यान्वयनमा आउन अझै समय लाग्ने देखिएको छ ।

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ।

पोखरा महानगरको लक्ष्यः विकटलाई निकट बनाउने सडक

महानगरसँगै जोडिएका केही वडा विकट छन् । विकटका वडालाई सहरको निकट ल्याउन पोखरा महानगरपालिकाले सडक सञ्जालले जोड्ने योजना अघि सारेको छ ।

‘ल्याण्डफिल साईट’ आयोजनालाई ८ करोड

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिदैं गर्दा पोखरा महानगरपालिकाले ल्याण्डफिल साईट निर्माणमा बल्ल तदारुकता देखाएको छ । यद्यपी ठोस उपलब्धी भने भईसकेको छैन ।

पोखरा महानगरको खेल बजेटः प्रतियोगिता गर्न १ करोड ५५ लाख

पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको आयव्ययको विवरण विहीबार पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

क्रिकेट मैदानको डेढदशक, आकार लियो रुप फेरिएन

ढुंगे क्रिकेट मैदानबाट अन्तर्राष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप भने फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यूँका त्यूँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तर्राष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्