७ वैशाख २०८१ शुक्रबार
खेल

‘महानगर वर्ष खेलाडी’ सम्मान गरिने

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नवौं महानगर सभामा नीति तथा कार्यक्रम वाचन गर्दै । तस्बिर उमेश पुन÷ नागरिक

पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ । पोखरा महानगरपालिकाको नवौं नगरसभालाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगर वर्ष खेलाडी सम्मान गर्ने घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसीले खेलकुद र खेलाडीको प्रवद्र्धन र प्रोत्साहित गर्न वर्ष खेलाडी सम्मान गर्ने उल्लेख गरे ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३५ मध्ये अधिकांश खेल आयोजना गरिने छ । विभिन्न ११ जिल्लामा समेत खेलकुद प्रतियोगिता आयोजना गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गर्दै महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममा वर्ष खेलाडी सम्मानलाई समेटेको हो ।  

खेलकुदलाई प्रभावकारी बनाउन महानगरपालिकाले गत जेठमा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दिपकबहादुर गोदारलाई नियुक्त गरिसकेको छ । दुई दिन अघि मात्रै महानगरपालिकाले खेलकुद सदस्य सचिवमा सुवास खड्कलाई नियुक्त गर्ने कार्यपालिकको बैठकबाट निर्णय भईसकेको छ । यसले पनि महानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउन खोजेको भान हुन्छ । ‘महानगर वर्ष खेलाडी सममनले खेल, खेलाडी र खेलकुदलाई प्रोत्साहित गरेको अनुभूति भएको छ,’ पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने ।  

महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममै वडास्तरमा खेलकुद प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ । महानगरपालिकाले पदक जित्ने खेललाई विशेष प्राथमिकतामा राखेर प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउँदै आएको छ । ‘पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्न नेपाल सरकार प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रि, राष्ट्रिय र स्थानीय खेल पूर्वाधार निर्माण गर्ने र भएका पूर्वाधारलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिईने छ,’ मेयर जिसीले भने । 

विद्यालयमा खेल मैदान निर्माणलाई प्रोत्साहन गर्ने जनाएको छ । सरकारले पनि एक स्थानीय तह एक खेल मैदानको नीति लिएको छ । विद्यालयस्तरमा महानगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने समेत उल्लेख छ । एक वडा एक खेल मैदान अन्तर्गत २९ स्थानमा ब्याडमिन्टन र भलिबल कोर्ट निर्माण गरिसकिएको महानगरपालिकाले जनाएको छ । पोखरा २० मौजामा महानगरकै उचाईको खेल मैदान निर्माण कार्य शुरु भईसकेको छ । त्यसको लागि महानगरपालिकाले चालु आवमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । वडा नं. १३ मा सेभेन ए साइड फुटबल मैदान निर्माणको काम अगाडि बढाइएको छ ।  सेभेन ए साईड फुटबल मैदानलाई पनि महागनरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।  

प्रकाशित: ९ असार २०७८ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App