१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाच्छी–पाडी हुर्काउने किसानलाई अनुदान

पोखरा महानगरको योजना दुधमा आत्मनिर्भर

पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महानगरले आगामी आर्थिक वर्षको लागि किसानलाई अनुदान दिनेगरि बजेटमा समावेश गरेको हो ।  

किसानलाई प्रेरित गर्दै वाच्छी तथा पाडी संरक्षण कार्यक्रम संचालन गर्ने योजना अघि सारेको छ । ‘बाच्छी–पाडी हुर्काए वापत किसानहरुलाई चार हजार रुपैयाँ अनुदान दिईने छ,’ पोखरा महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले भनिन, ‘किसानलाई अनुदान दिए पाडा पाडी हुर्काउन सहज हुनेछ ।’ उनका अनुसार पाडापाडी हुर्काउने किसानलाई अनुदान दिन आगामी आर्थिक वर्षको लागि महानगरपालिकाले २० लाख रुपैयाँ छुट्टाएको छ ।  

कोरोनाको महामारीसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा महानगरपलिकाले कार्ययोजना बनाई अनुदान दिने भएपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई महानगरको छ । बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिश्पर्धासँगै व्यवसायिकता तर्फ उन्मुख रहेको विश्वास महानगरले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ ।  

‘हामीले पहिलो चरणमा ४० वडा पाडापाडी पालेका छौं,’ पोखरा–१९ लामाचौरस्थित सर्वसिद्धी एग्रो प्रालिका सदस्य सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘पाडापाडी सबै स्थानीयजातकै छन् ।’ उनका अनुसार केही पाडापाडी तराईका जिल्लाबाट ल्याईएको छ । तराईबाट ल्याइएको पाडापाडी खास गरी हावापानी नमिल्दा फष्टाउन नसकेको गुनासो उनको थियो । ‘हावापानी नमिल्दा पाडापाडी खुराक भएपनि फष्टाउन सकेका छैनन्,’ उनको भनाई थियो ।  

महानगरले आगामी आर्थिक वर्षको बजेटमा किसानलाई व्यवसायिकता तर्फ प्रेरित गरेको छ । कम्तिमा ११ वटा माउ बाख्रापाल्ने कृषकलाई कार्यक्रम लागु भएका वडामा खोर सुधार लगायतका काम गर्न प्रति कृषक २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था रहेको उपमेयर गुरुङको भनाई थियो । ‘माउ बाख्रा पाल्ने र खोर सुधार कार्यक्रमका लागि २५ लाख विनियोजन प्रस्ताव गरिएको छ,’ उनले थपिन, ‘यसबाट साना कृषकहरुलाई व्यावसायिक कृषितर्फ डोहो¥याउन मद्दत मिल्नेछ ।’  पशु सेवातर्फका ९ वटा सेवा केन्द्र मार्फत् पशु उपचार तथा औषधी वितरणको लागि पनि ३० लाख विनियोजन प्रस्ताव गरिएको छ ।

१६९ वटा बाख्रा फार्म छन् । बंगुरका २८ वटा, कुखुराको ७३ वटा, भेडाको ५ वटा र माछाका ८ वटा फार्म सञ्चालनमा रहेको महानगरपालिका पशु स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । कृषकलाई बाँझो जग्गामा उन्नत बहुवर्षीय घाँस लगाउन प्रोत्साहन स्वरुप प्रति रोपनी  ३ हजार अनुदान दिने गरी कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसका लागि २० लाख बजेट प्रस्ताव छुट्टाइएको छ ।  

महानगरपालिकाको साउनदेखि कृषि अनुदानका कार्यक्रम शुरु हुने छ । ‘फार्ममा ५० वटा बाख्रा छन् । १० वटा बोयर छन् । खरी तथा जमुनापाारी जातका बाख्रा पालिएको छ,’ पोखरा–३३ भरतपोखरीस्थित उन्नति मल्टि एग्रो फार्मका सञ्चालक उषा शर्मा पौडेलले भनिन, ‘कुखुरा २ सय छन् ।’ व्यवसायिक रुपमा शुरु गरिएको फार्मका पशुका स्वास्थ्य विमा गरिएको छ ।  

पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरण जस्ता कार्यहरु संचालन गरिने महानगरले जनाएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिने छ । पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनको लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गर्न ३० लाख बजेट प्रस्ताव गरिएको छ । महनगरपालिकाले पुशसेवातर्फ २ करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ । 

प्रकाशित: १६ असार २०७८ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App