२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री ओलीबाट पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

चिसिँदै सरकार–संसद् सम्बन्ध

सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।

४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै आफ्ना विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्‍याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

न्यायिक सत्ता हत्याउन कार्यकारी कसरत

प्रतिनिधिसभा विघटनको फैसलाअघि नै महान्यायाधिवक्ता पदबाट अग्नि खरेलको राजीनामाको चर्चा चल्नु र फैसला भएको एक महिनाभित्रै राजीनामा आउनुलाई संयोग मात्रै मान्न सकिँदैन । एमालेभित्र देखिएको आन्तरिक संघर्ष व्यवस्थापन तथा विरोधी खेमालाई तह लगाउनसमेत ओलीले आफ्ना प्रमुख कानुनी सल्लाहकार फेरेर अर्थपूर्ण सन्देश दिन खोजेका छन् ।

सदनमा प्रधानमन्त्रीको राजीनामा माग

ओली नेतृत्वकै सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्दा एउटा शब्द गलत प्रयोग भएपछि नैतिकताका आधारमा राजीनामा दिन लगाइएको र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग कोट्याउँदै सांसद पम्फा भुसालले भनिन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक ठहरिएपछि प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनु पर्दैन ?’

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी

सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो।

संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप लगाएका छन्। 'राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा केपीको प्रस्तुतिले संविधान र लोकतन्त्रलाई सिध्याएरै छाड्ने मनसाय देखियो,' अध्यक्ष दाहालले भने 'संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं।'

ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।

एमाले विवाद उत्कर्षमा

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।

हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं : योगेश भट्टराई

नेकपा एमाले (माधव नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आज बालुवाटारमा ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

ओलीको नेता कार्यकर्तालाई निर्देशन : नेपाल पक्षको ‘गुटगत भेला’ मा नजानु

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षको ‘गुटगत भेला’ मा नजान निर्देशन दिएका हुन्।

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुन थालेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् बैठक विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको बताए।

प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयपछि टेलिफोन किन गरे ?

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्