coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयपछि टेलिफोन किन गरे ?

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार बिहान दाहाललाई टेलिफोन गरेर भेटको प्रस्ताव गरेका छन्। ओलीले भेटको प्रस्ताव गरे पनि दाहालले तत्काल भेट्नेबारे कुनै जवाफ नदिएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने दुई नेताबीच भएको टेलिफोन संवादमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए। थापाले प्रधानमन्त्रीले सामान्य राजनीतिक व्यवहारअन्तर्गत दाहालसँग टेलिफोन गरेको बताए। ‘प्रधानमन्त्रीज्यूले कसैसँग पनि शत्रुतापूर्ण व्यवहार गर्नुहुन्न।  

त्यसैले संवादहीनतालाई अन्त्य गर्दै उहाँले दाहालसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो,’ थापाले भने।

प्रधानमन्त्री ओली र दाहालबीच लामो समयको अन्तरालपछि संवाद भएको हो। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व गरिरहेका ओली र दाहालबीच लामो समयसम्म मनमुटावको अवस्था रहेको थियो। विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुई नेताबीचको तिक्तता आरोप–प्रत्यारोपमा परिणत भएको थियो। नेकपाभित्रको दाहाल र माधव कुमार नेपाल समूहले ओलीको संसद् विघटन गर्ने निर्णयको सार्वजनिक रूपमै आलोचना गर्दै ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीसमेत गरेको थियो। 

सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकतालाई खारेज गरेपछि हाल ओली र दाहाल पूर्ववत् पार्टीको नेतृत्वमै फर्किएका छन्।

प्रकाशित: ३ चैत्र २०७७ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App