७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

ओलीको नेता कार्यकर्तालाई निर्देशन : नेपाल पक्षको ‘गुटगत भेला’ मा नजानु

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षको ‘गुटगत भेला’ मा नजान निर्देशन दिएका हुन्।

‘सुन्दैछु, भोलि भेला आयोजना गरेको छ रे ! नेकपा एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता वा कायकर्ता गुटगत भेला नगर्न नगराउन, त्यस्ता भेलामा सरिक नहुन, त्यस्ता भेलामा नजान म सम्पूर्ण नेता कार्यकर्तालाई सचेत गर्न चाहन्छु,’ ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्दछु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम कार्यकतालाई आग्रह गर्न चाहन्छु।’

उनले नेपाल पक्षबाट ठूलो अपराध भएका भएपनि आफूहरु स्वीकार गर्न तयार रहेको बताए। तर, अबदेखि पार्टीमा अनुशासित भएर बस्नुपर्ने उनको भनाई छ। ‘धेरै ठूला अपराध भएका छन्। अपराध गर्नेलाई स्वागत छ त म भन्दिँन तर स्वीकार्छौं हामी। तर, फेरि उही सिलसिला उही धन्दा चाहिँ चल्दैन,’ ओलीले भने।

सम्बोधनका क्रममा उनले आफूलाई पार्टीको अर्को पक्षले साधारण सदस्यबाट समेत निकालिदिएको प्रसंग स्मरण समेत गरेका थिए। 

ओली पक्षले आयोजना गरेको चियापानमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष भने उपस्थित छैन। नेपाल पक्षले आजै चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेलाका सन्दर्भमा जानकारी दिन ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेको छ।

प्रकाशित: ३ चैत्र २०७७ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App