१० आश्विन २०८१ बिहीबार
image/svg+xml

विप्लवको पक्षमा ऋषि कट्टेल

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले विप्लवको पार्टीलाई लगाएको प्रतिबन्ध सिंगो कम्युनिस्ट आन्दोलनमाथिको प्रतिबन्ध  भएको निष्कर्ष निकालेको छ।

‘बोइङ प्रतिबन्धले नेपालमा अर्थ राख्दैन’

अमेरिकन विमान कम्पनीको बोइङ ७३७ म्याक्स ८ सिरिजलाई भारतले मंगलबारबाट आफ्नो आकाशमै प्रतिबन्ध लगाएसँगै उक्त सिरिजको विमान नेपाल आउन नपाउने भएको छ। नेपाल प्रवेश गर्ने विमानहरु भारत र चीनको आकाश हुँदै आउँछन्। चीनले आइतबारै उक्त विमानलाई प्रतिबन्ध लगाएसकेको छ।

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायोः पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन्। यो निर्णयबारे पार्टीमा छलफल हुने उनको भनाई छ। समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्ने भन्दै उनले कुनै पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्ष गर्न नहुनेमा जोड दिए।

वार्ताका लागि औपचारिक पत्र नपठाएरै विप्लवमाथि प्रतिबन्ध, नेकपाभित्र हलचल

सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताका लागि औपचारिक पत्र नपठाएको पाइएको छ। सरकारले विप्लव नेतृत्वको पार्टीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएसँगै वार्ता टोलीले पत्र नै नपठाएको खुलेको हो। सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लवका नेताहरूसँग छलफल गरे पनि पत्र नपठाएको स्वीकार गरे। ‘विप्लवनिकट नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनी र अन्य नेतासँग पटकपटक छलफल भयो’, उनले भने, ‘तर उक्त पार्टीलाई औपचारिक पत्र भने पठाइएको थिएन।’

हिंसा त्याग, वार्तामार्फत समाधान खोज

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिलाई रोक लगाउने निर्णय गरेपछि यसले आगामी दिनमा राजनीतिमा कस्तो अवस्था देखिने हो भन्ने बहसको विषय बनेको छ । अर्धभूमिगत रूपमा रहेर संविधानविपरीत हिंसात्मक गतिविधि गरेको सरकारले मन्त्रिपरिषद् बैठकमार्फत नै प्रतिबन्धको निर्णय गर्नुलाई अन्यथा भन्न मिल्दैन।

भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेका छौं : विप्लव समूह

स्थानीय प्रशासनले जाजरकोटमा  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयको सर्कुलर अनुसार मंगलवार  बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव नेतृत्वको नेकपालाई जिल्लाको कुनै पनि भुभागमा  कुनै पनि गतिविधि र कार्यक्रम गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिलाई रोक लगाउने निर्णय गरेको छ। संविधानविपरीत हिंसात्मक गतिविधि गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

कफी प्रतिबन्धले झन्डै सत्ताच्यूत !

आजकाल युवकयुवतीको ‘डेटिङ’देखि व्यावसायिक मिटिङसम्म कफीको प्रस्तावबाट सुरु हुन्छ । तर यो तीतो पेयको सफलताको रमाइलो यात्राबारे धेरै कमलाई मात्र थाहा छ । आउनोस्, आज एकैछिन कफीका कुरा गरौँ ।

जमिन खण्डीकरण र स्वरुप परिवर्तन गर्न नपाइने

कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि जमिन खण्डीकरण र भूमिको स्वरुप परिवर्तनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

मासुका लागि पशुपन्छी ल्याउन रोक लगाइने

सरकारले काठमाडौं उपत्यकाभित्र मासुजन्य प्रयोजनका लागि जिउँदा पशुपन्छी ल्याउने प्रतिबन्ध लगाउने तयारी गरेको छ। काठमाडौं उपत्यकाभित्र फोहोर र दुर्गन्ध बढेको जनगुनासो सम्बोधन गर्न सरकारले मासुजन्य प्रयोजनका लागि जिउँदा पशुपन्छी ल्याउन रोक लगाउने तयारी गरेको हो।

जयसुर्यामाथि २ वर्षको प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार नियम उल्लंघन गरेको भन्दै श्रीलंकाका क्रिकेट हस्ती सनथ जयसुर्यामाथि २ वर्षको प्रतिबन्ध लगाएको छ।

पाकिस्तानमा भारतीय फिल्ममाथि प्रतिबन्ध

काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानको सम्बन्धमा बिग्रिँदै गएको छ। यसको असर कला क्षेत्रमा पनि परेको छ। घटनालगत्तै भारतले पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगायो। काम गरिरहेका धेरै कलाकार बेरोजगार हुन पुगे। यसको जवाफमा पाकिस्तानले पनि बलिउड फिल्ममाथि प्रतिबन्ध लगाएको छ।

नियन्त्रित लोकतन्त्रको अभ्यास ?

कवि हरि अधिकारीको उपरोक्त कवितांशले लाइन काटिएका नि:शब्द टेलिफोनको कथा भन्छ जहाँ आवाज प्रतिबन्धित छ। आक्रोशको आवाज र पीडाको क्रन्दन मौन रोदनका लागि अभिशप्त छ। २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाउँदै शासन हातमा लिएको परिप्रेक्ष्यमा कवि अधिकारीले उक्त कविता लेखेका थिए।

पाँच प्रकारका विषादी प्रतिबन्धत

सरकारले धेरै पहिलादेखि प्रयोग भइरहेको खतराजन्य मानिएका पाँच प्रकारका विषादी पञ्जीकरण (रजिस्ट्रेसन) खारेज गर्ने निर्णय गरेको छ। जसमा किट तथा ढुसीनाशक विषादीहरू छन्।

अमेरिकी प्रतिबन्धविरुद्ध ओपेक राष्ट्रसँग सहयोग माग

संयुक्त राज्य अमेरिकाले देशको तेल उद्योगमाथि लगाएको प्रतिबन्धविरुद्ध भेनेजुएलाले तेल निर्यात राष्ट्रहरुको समूह ‘ओपेक’सँग सहयोग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्