११ वैशाख २०८१ मंगलबार
image/svg+xml
लक्ष्मण श्रेष्ठ


लक्ष्मण श्रेष्ठका लेखहरु :

लोकतन्त्रका नेता राजाजस्ता

ज्यानको बाजी थापेर सडकमा उत्रिएका जनताले यत्तिकै नारा लगाएका थिएनन् – ‘श्रीपेच हामी जलाउछौँ/देश हामी चलाउछौँ।’ नाराको ‘हामी’ शब्दले सबै नेपाली जनतालाई समेटेको थियो। तर लोकतन्त्र स्थापनाको १३ वर्षमा देश ‘हामी’ले नभई फेरि पनि केही मानिसहरूले चलाईरहेको महसुस भईरहेको छ।

तीन महिला, ५० ब्राह्मण-क्षत्री : नेकपामा पुरुषवाद हाबी

नेकपाले सार्वजनिक गरेको सबै जिल्लाका अध्यक्ष र सचिवको सूची हेर्दा उक्त पार्टीमा पुरूष र ब्राह्मण-क्षत्रीकै वर्चस्व देखिन्छ। ७७ वटा जिल्लाका अध्यक्षमध्ये जम्मा तीनजनामात्र महिला छन्।

घनश्याम भुसाल भन्छन्– प्रक्रिया मिचेर एकता टुंग्याइँदै छ

नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले प्रक्रिया मिचेर एकता घोषणा गरिन थालेको आरोप लगाएका छन्। उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने माग गरेका छन्।

संयुक्त राष्ट्रसंघमा नेपाली चेलीले भनिन् – 'हामी नरहे रोजगारको चिन्ता बेकार हो'

यही चैत २७ र २८ गते संयुक्त राष्ट्र संघको ७३ औं महासभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित उच्चस्तरीय बैठकमा उनले सम्बोधन गरेकी हुन्।

किन असफल भयो संसदीय अभ्यास, किन जन्मिए अनुदार शासक?

संसदीय अभ्यासले थिति बसाल्न नसक्नुको परिणाम सामाजिक सम्बन्धहरुमा परेको छ । संसदीय अभ्यासको केन्द्रमा जनता हुन्छन् । तर, चुनावमुखि राजनीति र सत्ता केन्द्रित प्रवृत्तिले हिजोका आन्दोलनकारी राजनीतिक दललाई शासकका नयाँ खेलाडी बनायो । दलका मुख्य नेता शासकको रुपमा उदाए ।

जो सडकमा थिए, सडकमा छैनन्

यो एउटा साधारण मान्छेको कथा हो। जसले असाधारण चुनौतीहरू बेहोर्‍यो। जो अकल्पनीय मोडहरूबाट गुज्रियो। काठमाडौंका चिसा रातहरूमा जसले भोक र अभावको च्यादर ओढेर सुत्यो।

मौसम पूर्वानुमानले किन गरेन हावाहुरीको पूर्वानुमान?

महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आवश्यक जनशक्ति र प्रविधिको अभावमा यस्तो अनुमान गर्न नसकिएको हो।  ‘हामीले मेघगर्जन सहितको हावाहुरी आउँछ भनेर पूर्वानुमान गरेका त थियौं’, कँडेल भन्छिन्, ‘तर, यो जिल्लामा यति गतिको हावाहुरी आउँछ भन्नलाई हामीसँग आवश्यक जनशक्ति र प्रविधि छैन।’

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।

कर्मचारी समायोजनमा गुनासोका चाङ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलनमार्फत् कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएको जानकारी गराई नसक्दै एक हुल सहायक महिला विकास निरीक्षक (समविनि) मन्त्रालयमा समायोजनप्रति गुनासो जनाउन उपस्थित भइसकेका थिए।

एउटा तालिकाको डेढ सय वर्ष

रसायनशास्त्रको यात्रामा कोशेढुंगा बनेको पेरियोडिक तालिका डेढ सय वर्षको तन्नेरी भएको छ। यसपछाडि एउटा बूढो रुसीको अनुहार बसेको छ।

आफ्नो परीक्षणमा आफैं उत्रियो सरकार

अलमलका बाबजुद सरकारले विप्लव समूहलाई पनि वार्ताको प्रक्रियामा ल्याउला भन्ने अनुमान थियो। यद्यपि अहिंसात्मक तर विखण्डनकारी नारा लगाइरहेको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरेको सरकारले हिंसात्मक तर राष्ट्रवादी नारा लगाइरहेको विप्लव समूहलाई भने शान्तिपूर्ण प्रक्रियामा ल्याउन सकेन।

राउत परिवर्तनका संकेत

राउत पछिल्लो समय जिल्ला अदालत रौतहटको आदेसले थुनामा थिए। जिल्ला अदालतको निर्णयलाई उच्च अदालत जनकपुरले सदर गरेपछि उनको मुद्दा सर्वोच्चमा आएको थियो। विहिवार सर्वोच्चको आदेसपछि थुनामुक्त भएका राउत शुक्रवार प्रधानमन्त्री केपि ओलिसंग एउटै मञ्च सेयर गरे।

निर्णयमा महिला कति प्रभावकारी ?

देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला छिन् । संघीय संसद्को प्रतिनिधी सभामा पनि ३४ प्रतिशत महिला छन् । राष्ट्रिय सभामा ३७ प्रतिशत महिला छन् ।

कहाँ छन् महिला ?

संवैधानिक सुनिश्चितता भएकाले महिलाको उपस्थिति तुलनात्मक रूपमा सदृढ छ । तर निर्णयकारी र नेतृत्वदायी पदमा भने महिला उपस्थिति अहिले पनि कमजोर छ।

जसले नेपाली भाषाको जन्मथलो पत्ता लगाए

मिथक जस्ता सुनिन्छन्, बालकृष्ण पोखरेल। वाक्य पछाडि ‘रे’ जोडेर गरिने उनीबारे हल्ला प्रशस्त छन्। तिनमा कति सत्य छन् कति अतिरञ्जना। सत्य र अतिरञ्जनाबीच एउटा आइकन बनेर बाँचे उनी। नेपाली भाषाका यी आइकनले शनिबार राति १ बजे विराटनगरस्थित आफ्नै घरमा ८६ वर्षे जीवन यात्रा पूरा गरे भन्ने थाहा पाउँदा भाषा, साहित्य, इतिहास र संस्कृतिका विद्यार्थी स्तब्ध भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्