७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट लगानी सम्मेलन भएको छ। देशका ७७ वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) निम्त्याउने उद्देश्यल सम्मेलन आयोजना गरिएको हो। वैदेशिक लगानीमार्फत देशको विकास गर्न सकिन्छ भन्नेका लागि मलेसिया एउटा गतिलो उदाहरण बनेको छ। 

मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो। उसले आफ्नो अर्थतन्त्रमा विविधता सिर्जना गर्ने प्रयत्न थाल्यो। तर परिवर्तनको साँचो सुरुवात गर्न भने उसले सन् १९७० को दशकवाट मात्र भयो।  

खासगरी सन् १९७० को दशकमा मलेसियाली अर्थतन्त्रले विविध क्षेत्रमा सम्भावना खोज्यो। एसियाली बाघहरु भनेर चिनिने ताइवान, सिंगापुर, दक्षिण कोरिया र हङकङको सिको गर्न थाले।

अहिले मलेसिया संसारका ठूला ३५ अर्थतन्त्रभित्र पर्छ। यसको पछाडि उसले गरेको आर्थिक सुधार र प्रत्यक्ष वैदेशिक लगानीले भूमिका खेलेका छन्। एफडीआई भिœयाउन मलेसियाले विभिन्न नीतिगत परिवर्तन गरेको थियो। सन् १९६० को अन्तिमतिरबाट मलेसियाले विदेशी लगानीकर्तालाई आकर्षण गर्न थाल्यो। 

खासगरी सन् १९७० को दशकमा मलेसियाली अर्थतन्त्रले विविध क्षेत्रमा सम्भावना खोज्यो। एसियाली बाघहरु भनेर चिनिने ताइवान, सिंगापुर, दक्षिण कोरिया र हङकङको सिको गर्न थाले। सन् १९६८ मा उसले ‘लगानी सुविधा ऐन’ लागू ग-यो। सन् १९७० मा उसले ‘राष्ट्रिय आर्थिक नीति’ अवलम्बन ग-यो। देशलाई औद्योगिकीकरणमा लैजाने घोषणा ग¥यो। सन् १९७० को दशकमा स्वतन्त्र व्यापार क्षेत्रहरू निर्माण ग-यो। सन् १९८० को दशकमा प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन जोड दियो। लगानी भिœयाउनकै लागि सन् १९८६ मा ‘लगानी प्रवद्र्धन ऐन’ लागू ग-यो। 

यी प्रयासले मलेसियामा प्रशस्त लगानी भित्रिए। सन् १९८६ देखि १९९६ सम्मको एक दशकमा प्रत्यक्ष वैदेशिक लगानी वार्षिक ३८.७ प्रतिशतको दरले बढ्यो। मलेसियाले मुख्यतः इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, रासायनिक, खाद्यान्न, प्लास्टिक उत्पादन र वैज्ञानिक मापनका सामग्रीको उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो। सन् १९८० को दशकमा मलेसियामा औद्योगिक क्षेत्र फस्टाउन थाल्यो। सन् १९७० देखि २००५ सम्म मलेसियाको आर्थिक वृद्धिदर ७ प्रतिशत थियो। 

के हो प्रत्यक्ष वैदेशिक लगानी ? 

कुनै एक देशबाट अर्को देशमा निजी संस्थान वा सरकार संस्थानले गर्ने पुँजी लगानी नै प्रत्यक्ष वैदेशिक लगानी हो। वर्तमान विश्वमा अधिकांश प्रत्यक्ष वैदेशिक लगानी, बहुराष्ट्रिय निगमहरु (मल्टिनेसनल कर्र्पोरेसन) मार्फत् भित्रन्छन्। एकभन्दा बढी देशमा उत्पादन गतिविधि सञ्चालन र नियन्त्रण गर्ने संस्थान वा कम्पनीहरु नै मल्टिनेसनल कर्पोरेसन हुन्। एप्पल, माइक्रोसफ्ट, एक्सोन, अमेजन, फेसबुक, टोयोटा, कोकाकोला विश्वकै ठूला मल्टिनेसनल कर्पोरेसन(एमएनसी) हुन्। 

पछिल्ला दशकमा विश्वभर नै मल्टिनेसनल कर्पोरेसनको भूमिकामा निकै वृद्धि भएको छ। विश्वव्यापीकरणको एक महत्वपूर्ण हिस्साको रुपमा यसले भूमिका खेलेको छ। अधिकांश एमएनसीहरु उत्तर अमेरिका, युरोप र जापानमा अवस्थित छन्। केही मात्रामा दक्षिण कोरिया र ताइवानमा पनि छन् भने पछिल्ला केही वर्षयता ब्राजिल र चीनजस्ता उदीयमान अर्थतन्त्रमा पनि एमएनसीका मुख्यालय रहन थालेका छन्। अहिले अमेरिका र चीनबीच तनावको विषय बनेको हुवाई टेलिकम्पनी पनि चिनियाँ लगानी रहेको बहुराष्ट्रिय कम्पनी हो। 

अहिलेको हाम्रो आर्थिक वृद्धिदर ५.८९ प्रतिशत मात्रै हो। अर्थात् ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन हामीलाई कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत बराबर पुँजी चाहिन्छ।

सन् १९६२ मा दुई अर्ब ४ करोड अमेरिकी डलरको स्केलमा रहेको प्रत्यक्ष वैदेशिक लगानी सन् १९९० सम्म आइपुग्दा ३५ अर्ब अमेरिकी डलरसम्म पुगिसकेको थियो। सन् २००७ सम्म आइपुग्दा विश्वभर भएका एफडीआई पुँजी ५ खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको थियो। सन् २०१२ मा यो पूँजी १३ खर्ब ३५ अर्ब अमेरिकी डलर पुगिसकेको थियो। सन् २०१२ देखि एफडीआईले विश्व अर्थतन्त्रमा मुख्य भूमिका खेल्न थालेको हो। यही वर्षदेखि विकासशील देशमा एफडिआई परिचालन बढी मात्रामा हुनथाल्यो। संसारभर प्रवाहित एफडीआईको आधाभन्दा बढी एफडीआई विकासशील देशमा पुग्यो। 

प्रत्यक्ष वैदेशिक लगानीका फाइदा :

प्रत्यक्ष वैदेशिक लगानीले कुनै पनि देशको आर्थिक वृद्धिका लागि आवश्यक पुँजी र सञ्चित पुँजी बीचको अन्तर पूरा गर्छ।पछिल्लो १६ वर्षदेखि नेपालको औसत गार्हस्थ्य बचतदर कुल गार्हस्थ उत्पादनको ३४ प्रतिशत मात्रै छ। अर्थशास्त्री सतिश देवकोटाले गरेको हिसाबअनुसार यदि ह्रासकट्टी शून्य मान्ने हो भने पनि हाम्रो आर्थिक वृद्धिदर वार्षिक ८ प्रतिशत बनाउन कुल गार्हस्थ्य उत्पादनको ६१ प्रतिशत बचत आवश्यक पर्छ।

अहिलेको हाम्रो आर्थिक वृद्धिदर ५.८९ प्रतिशत मात्रै हो। अर्थात् ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन हामीलाई कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत बराबर पुँजी चाहिन्छ। यो पुँजी प्रत्यक्ष वैदेशिक लगानीले उपलब्ध गराउँछ। प्रत्यक्ष वैदेशिक लगानी केवल पुँजी प्रवाह मात्र होइन। यो सँगसँगै उद्योगधन्धाका अन्य आवश्यक पाटो पनि आउँछन्। जसले आर्थिक वृद्धिका लागि आवश्यक पर्ने अन्य मानवीय क्षमता व्यवस्थापन, उद्यम, प्रविधी र सीप पनि उपलब्ध गराउँछ। 

प्रत्यक्ष वैदेशिक लगानीका असरहरु : 

प्रत्यक्ष वैदेशिक लगानीका फाइदामात्र भने छैनन्। यसका केही असर पनि छन् । एफडीआईका आलोचकहरुले देखाउने मुख्य असर निम्न हुन्ः
– बहुराष्ट्रिय कम्पनीहरुले पुँजी प्रवाह गरे पनि घरेलु बचत भने घटाउँछ जसले अर्थतन्त्र नै परनिर्भर बन्नसक्ने खतरा हुन्छ।

– असमान विकास सिर्जना गरिदिन्छ, जसले समाजमा असमानता बढाउँछ।

– एमएनसीहरुले स्थानीय जनताका आवश्यकतालाई भन्दा पनि नाफालाई ध्यानमा राखेर मात्र उत्पादन गर्छन्। 

– विभिन्न एजेन्सीको सहयोगमा 

प्रकाशित: १५ चैत्र २०७५ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App