१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
श्रीधर खनाल
खनाल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनले आर्थिक विषयमा रुची राख्छन्।

श्रीधर खनालका लेखहरु :

‘होली वाइन’ सम्मेलनमा चार करोड सरकारी पैसा खर्च

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।

संघले छाडेका आयोजनामा थालियो पैसा खन्याउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ को मंसिरसम्म सडक विभागअन्तर्गतका नौ सय ६ वटा ठेक्का अध्ययन गरेको थियो। तीमध्ये ६ सय २३ ठेक्काको म्याद नथपिएको अख्तियारले जनाएको छ।

भन्सार अपचलनमा किन सहमत भए अर्थमन्त्री ?

महालेखाको प्रतिवेदन भन्छ – ‘३० प्रतिशतलाई आधार मान्दा ५३ करोड ६६ लाख ९५ हजार भन्सार राजस्वमा प्रभाव परेको देखिन्छ। खुला बजारमा पैठारीकर्ताले आयात गरेको चिनी सस्तो भएकाले साल्ट ट्रेडिङलाई दिइएको ३८ करोड ७६ लाख राजस्व छुटको औचित्य देखिएन।’

कहाँ अड्कियो लगानी ल्याउने हलो?

लगानी सम्मेलनका पाहुना बनेर नेपाल आएका म्यानमारका लगानी तथा विदेश आर्थिक मामिलामन्त्री यु थाउङ टुनले नेपालमा लगानी गर्न आग्रह गरेनन्। नेपालमा अहिलेसम्म लगानी नगरेको म्यानमार विदेशमा लगानी गर्न सक्ने हैसियतमा पनि छैन।

नेपालमा लगानी : सेवा क्षेत्रमै खनिन्छ, अरूमा छैन

नेपालमा लगानीको वातावरण भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई भारत र चीनको बजारसमेत देखाए। सम्बोधनकै क्रममा उनले भने, ‘विदेशी लगानीकर्ताका लागि भौगोलिक हिसाबले पनि नेपाल उपर्युक्त छ।’ काठमाडौंको सोल्टी क्राउन प्लाजामा दुई दिन भएको सम्मेलनमा सात सय विदशी पाहुना सहभागी थिए।

एसिया प्यासिफिक सम्मेलनको भोज खर्च ३० लाख

विवादास्पद एसिया प्यासिफिक समिटका सहभागीलाई सरकारले ३० लाखको भोज खुवाएको छ। गत मंसिरमा भएको कार्यक्रममा सहभागीलाई भोज खुवाएको भुक्तानी अर्थमन्त्रालयले फागुनमा दिने निर्णय गरेको हो।

चिन्तन : जो पैसाका लागि मरिहत्ते गर्थे

जीवनको महत्वपूर्ण समय मुद्दाकै पैरवीमा बिताएका चिन्तनको यो देखिने पाटो थियो। यससँग लुकेको रहस्य भने अर्कै थियो – उनी आफूसँग जोडिएकाहरूसँग लामो समय राम्रो सम्बन्ध राख्न सक्दैनथे। अधिकांश सम्बन्ध विवादमा टुंगिन्थे। प्रायः विवादको विषय आर्थिक लेनदेन नै हुन्थ्यो। त्यही आर्थिक लेनदेनले नै उनलाई थुनामा पु-यायो।

नबनाइएका राष्ट्रपति !

दाजु बीपी कोइरालाका पदचाप उनले नेपाली कांग्रेसको राजनीतिमा मज्जैलै पछ्याए। दाजुको निधनपछि गिरिजा कांग्रेसका कोइराला परिवारका हस्तीका रूपमा देखा परे । यो बागडोर उनले दुई दशक सम्हाले।

अर्थतन्त्रमा गम्भीर असरको संकेत

निर्वाचनपछि बनेको स्थिर सरकारको यो पहिलो वर्ष हो। ०७३/७४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो। अहिले पनि यसमा महत्वपूर्ण हिस्सा कृषि क्षेत्रकै छ। ग्रामीण क्षेत्रको अर्थतन्त्रसँग जोडिएको कृषिमा असर पर्ने अवस्थामा आर्थिक वृद्धिदर पनि प्रभावित हुने देखिन्छ।

विप्लवका गतिविधिले लगानी सम्मेलनमा के असर गर्ला ?

विप्लव समूहले बिहीबार गरेको नेपाल बन्दको असर आंशिक रूपमा देखिएको छ। नेपाल बन्दको असर मत्थर गर्न सरकारको उपस्थिति प्रभावकारी नहुँदा छिटफुट घटना भने भए।

गोपालको विकासविरोधी धन्दा

ठगी आरोपमा पक्राउ परेका मानवअधिकारकर्मी गोपाल शिवाकोटी चिन्तनको अर्को आयस्रोत थियो –विरोधको खेती।

राउत परिवर्तनका संकेत

राउत पछिल्लो समय जिल्ला अदालत रौतहटको आदेसले थुनामा थिए। जिल्ला अदालतको निर्णयलाई उच्च अदालत जनकपुरले सदर गरेपछि उनको मुद्दा सर्वोच्चमा आएको थियो। विहिवार सर्वोच्चको आदेसपछि थुनामुक्त भएका राउत शुक्रवार प्रधानमन्त्री केपि ओलिसंग एउटै मञ्च सेयर गरे।

जसका कर्तुतले सबैलाई छक्क पार्‍यो

‘मसँग अब केही बाँकी छैन। जेलमा बस्नेबाहेक अर्को विकल्प नै छैन।’ अचेल प्रहरीसँग यस्तै भन्ने गर्छन् उनी। पछिल्लो समय प्रहरी हिरासतमा रहेका उनीसँग अहिले पछुतोशिवाय केही छैन। हुन त बुवाले दिएको एक सयका पाँच वटा नोट बोकेर ३०को दशकमा काठमाडौं छिरेका गोपाल शिवाकोटी ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर हिरासतको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर सम्भवत सोचेका थिएनन्।

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।

नाम मात्रैको भीआईपी सुरक्षा

भीआईपीको सुरक्षाका लागि खटिने अंगरक्षको अधिकारका विषयमा सोच्ने बेला भएको छ। अहिले नेपालका अंगरक्षक भीआईपीको पछाडि उभिने काममा मात्र सीमित छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको समेत मृत्यु भयो। अस्वस्थ बनेका अंगरक्षक घिमिरे मन्त्रीको भ्रमणमा सहभागी थिए। जानैपर्ने बाध्यताका कारण उनी मन्त्री अधिकारीसँगै हेलिकप्टरमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्