११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिए।

रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएकाे छ। इयू प्रमुख डोनाल्ड टस्कले रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएका हुन्।

पाकिस्तानमा ‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।

प्रतिबन्धविरुद्ध बदला लिने साउदीको चेतावनी

पत्रकार जमाल खसोगी बेपत्ता भएको विषयलाई जोडेर आफ्नो देशमाथि लगाइने कुनै पनि प्रकारको प्रतिबन्धको बदला लिने साउदी अरबले चेतावनी दिएको छ।

अमेरिकाको विपक्षमा संयुक्त राष्ट्रसंघीय अदालत

इरानमाथि लगाउँदै आएको प्रतिबन्ध खुकुलो पार्न अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे)ले अमेरिकालाई आदेश दिएको छ।

कर्मचारीलाई मदिरा सेवनमा प्रतिबन्ध ! बिक्री गर्नेलाई कारवाही

कार्यालय समयमा मादक पदार्थ सेवन गरेर बस्ने कर्मचारीलाई कसरी ठेगान लगाउन सकिएला? उत्तर सहज छैन। तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भने बिहान वा कार्यालय समयमा मादक पदार्थ सेवन गरेर सेवा प्रभावित पार्ने कर्मचारी तथा शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको छ।

चीनले अमेरिकी राजदूतसँग लियो स्पष्टिकरण

चीनले अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ। रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।

सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाउने

सरकारले यौनजन्य अश्लील सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ।

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ : रसिया

रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्।

मनाङ एयरका उडानमा प्रतिबन्ध

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

हसनमाथिको प्रतिबन्ध थप

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रबार खेलमिलेमतोको आरोप खेपिरहेका ओपनर साहजाइब हसनमाथिको प्रतिबन्ध १ वर्षबाट बढाएर ४ वर्ष पुर्याएको छ।

इरानविरुद्धको नयाँ प्रतिबन्ध कार्यान्वयनमा

गठबन्धन राष्ट्रको पटकपटकको आग्रहलाई वेवास्ता गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्धको नयाँ प्रतिबन्ध कार्यान्वयनमा ल्याएको छ।

इरानमाथि अमेरिकाको एकपक्षीय प्रतिबन्ध, व्यापार नगर्न साझेदारलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले इरानसँग व्यापार गर्ने जो केहीसँग पनि अमेरिकाले व्यापार नगर्ने चेतावनी दिएका छन्। इरानमाथि प्रतिबन्ध घोषणा गरिएको भन्दै ट्रम्पले नोभेम्बरसम्ममा तेल व्यापारमा प्रतिबन्ध लगाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्