११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

हसनमाथिको प्रतिबन्ध थप

लाहोर – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रबार खेलमिलेमतोको आरोप खेपिरहेका ओपनर साहजाइब हसनमाथिको प्रतिबन्ध १ वर्षबाट बढाएर ४ वर्ष पुर्याएको छ।

पिसिबीले फेब्रुअरीमा २८ वर्षे हसनले छानबिन कमिटीसमक्ष खेलमिलेमतोको रकम नखुलाइको भन्दै एक वर्षको प्रतिबन्ध लगाएको थियो । पिसिबीले हसनलाई ८ हजार २ सय डलर जरिवाना समेत गरेको छ।

‘यसअघि साहजाइब हसनले खेलमिलेमतोको रकम नखुलाइएकोमा एक वर्षको प्रतिबन्ध लगाएको थियो,’ पिसिबीका कानुनी सल्लाहकार ताफाजुल रिज्भिले भने,’ हामिद हसनको नेतृत्वमा बनेको स्वतन्त्र छानबिन कमिटीसँगको सोधपुछमा पनि उनले कुनै जानकारी गराएनन् । त्यसैले उनीमाथिको प्रतिबन्धको समय बढाइएको हो।’

पिसिबीले गत सिजन पाकिस्तानी प्रिमियर लिग ट्वान्टी–२० प्रतियोगितादौरान खेलमिलेमतोमा गरेको भन्दै साहजाइबसहित सर्जिल खान, खालिद लतिफ, मोहम्मद इरफान, मोहम्मद नवाज र नारिस जम्सेद गरी ६ खेलाडीमाथि प्रतिबन्ध लगाएको थियो।

साहजाइबका वकिल खासरिफ राजवानाले आफूहरू पिसिबीको निर्णयविरुद्ध अदातल जाने बताए। साहजाइबले पछिल्लो पटक २०१० नोभेम्बरमा एकदिवसीय खेल खेलेका थिए । उनले पाकिस्तानबाट १० ट्वान्टी–२० खेल खेलेका छन् । उनी पाकिस्तानले २००९ मा ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।

 

प्रकाशित: २७ श्रावण २०७५ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App