११ पुस २०८२ शुक्रबार
image/svg+xml
सुभाष घिमिरे


सुभाष घिमिरेका लेखहरु :

मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा पार गर्ने पहिलो देश चीन

नको कुल विद्युत खपत १० खर्ब २२ अर्ब ६ करोड किलोवाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६% ले वृद्धि भएको हो।

चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्धमा विजयोत्सवको ८० वर्ष

सन् १९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भागमा अतिक्रमण भयो । सन् १९१४ मा छीङ ताओ सहरमा आक्रमण गरी कब्जा जमायो । सन् १९१५ मा चीनको अधिकार हनन हुने एक्काइस दाबी प्रस्तुत गर्‍यो ।

‘कुरा बुझ्नुपर्च’मा बुझ्न बाँकी कुरा

पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्। अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

मिसेलको प्रेमकथा

ओबामा परिवार सिकागोको ग्र्यान्ट पार्कतर्फ जाँदै गर्दा गाडीभित्र जेठी छोरी मालियाले सोध्छिन्, ‘बाबा, तपाईंको यो खुसी मनाउन कोही आउलान् जस्तो छैन। सडकमा कोही छैनन् त !’ जब कि निर्वाचित राष्ट्रपतिको सवारीका लागि सडक पूरै खाली गरिएको थियो र पार्कमा लगभग साढे दुई लाख मानिस जम्मा भइसकेका थिए।

कफी प्रतिबन्धले झन्डै सत्ताच्यूत !

आजकाल युवकयुवतीको ‘डेटिङ’देखि व्यावसायिक मिटिङसम्म कफीको प्रस्तावबाट सुरु हुन्छ । तर यो तीतो पेयको सफलताको रमाइलो यात्राबारे धेरै कमलाई मात्र थाहा छ । आउनोस्, आज एकैछिन कफीका कुरा गरौँ ।

‘फकाउँछन्, लोभ्याउँछन्, नभए धम्की दिन्छन्’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ‘नागरिक फ्रन्टलाइन’ को प्रत्यक्ष कुराकानीका लागि गत माघ १६ गते बेलुका ७ बजे हाम्रो कमलादीस्थित स्टुडियोमा सजिलै आउने वचन दिए। उनी साढे ६ बजे नै आइपुगे। सँगै चिया खायौं। गफ ग-यौं। अन्तर्वार्ताअघि मेकअप गर्नुपर्ने थियो। त्यसका निम्ति पनि उनी सजिलै तयार भए।

पुस, पोखरा र प्रश्न

पुस, पोखरा र प्रश्न। पुस्तक र पुस्तककारको मेला। पाठकहरूको भेला। पुसको घाम, ‘पानीको घाम’ जस्तो अनौठो संजोग। पोखरेली ‘पैताला’का प्रस्तोता गनेस, ‘पाठशाला’का तीर्थ र प्रतीक्षाहरू, सरस्वती प्रतीक्षाहरू अनि पढैयाहरू ! प्रेरणादायी र प्रभावशाली प्रस्तुतिहरू सबैलाई प्रणाम !

फेवातालको आँगनमा साहित्यको छाया

‘म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले भनिन्, ‘तर जब पढें, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाले भनिन्, ‘उहाँको भाषा बुझ्न गाह्रो थियो।

देशले दिएन!

‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्।

७५ मा संन्यासी कि विद्यार्थी?

रणबहादुर शाहसँगै बनारसबाट विसंं १८६० मा यहाँ आएर खजान्ची भएका थिए, उदय गिरि । इन्द्रचोक चोखाछेँ गल्लीमा घर थियो, उनको ।

हिसाब हराएको मेरो देश

हाम्रा गाउँ–घरतिर भनाइ छ— हिसाब भने’सि पिसाब ! जब परीक्षा आउन थाल्छ अनि गणित पढाउने सरले विद्यार्थीलाई वरिपरि राखेर दुई–चारवटा हिसाब सिकाउँछन्। कक्षा ४ मा पढ्ने २५ प्रतिशत हाम्रा विद्यार्थीले दोहोरो अंक गन्न पनि सक्दैनन्। गणितको परीक्षाको दिन गाउँका स्कुल, विद्यार्थी र सरहरू पीडामा हुन्छन्।

एसियाकै दोस्रो!

बुढानीलकण्ठ स्कुलमा पढ्दा सबैले भन्थे- यो स्कुल एसियाकै दोस्रो ठूलो आवासीय विद्यालय हो। अनि महाराजगञ्जस्थित शिक्षण अस्पताल र पुल्चोकको इन्जिनियरिङ क्याम्पस पनि क्रमशः एसियाकै दोस्रो उत्कृष्ट संस्थाहरू। कञ्चनपुरको १.४ किमि लामो दोधारा चाँदनीको झोलुंगे पुल एसियाकै दोस्रो लामो। एसियाकै दोस्रोको फेहरिस्त हामीकहाँ लामै छ। जलविद्युत्मा त झन् संसारकै दोस्रो धनी।

दा भिन्ची : समलिंगी थिए ?

पाँचसय ६५ वर्ष अघि फ्लोरेन्स सहरबाट करिब २७ किलोमिटर पश्चिमको भिन्ची गाउँमा गरिब परिवारकी १६ वर्षिया क्याटरिना लिप्पिको कोखबाट जन्मिन्छन् लिओनार्दो दा भिन्ची । लिओनार्दो जन्मिएको केही समयपछि क्याटरिनाका पिता पिएरोले उनको विवाह एउटा सामान्य किसानसँग गराइदिन्छन् ।

चीनको शंका कायमै

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ अधिकारीहरूमा प्रशस्त दुविधा देखिएको छ । अघिल्लो साता कुन्मिङ र बेइजिङमा भएका अन्तरक्रियामा सहभागी चिनियाँ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्