१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रहरीद्वारा ठूलो परिमाणमा खान अयोग्य दाल बरामद

नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा किरा लागेको रहरको दाल लोड गरेको ट्याक्टर र ट्याक्टर चालक पचरौता नगरपालिका ५ का पान्नालाल महतोलाई नियन्त्रणमा लिएर दालबारे अनुसन्धान सुरु गरिएको सुबेदीले बताए।

आठसय घरधुरी चेपाङलाई खाद्यान्न वितरण

पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।

दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा वायुसेवा कम्पनीहरुको ‘कार्टेलिङ्ग’

नेपाल खाद्य संस्थानले आव्हान गर्ने वार्षिक टेण्डरमार्फत् यी वायु सेवा कम्पनीहरुले बोल कबोल गरेको दररेटमा ढुवानी भइ आएको छ।

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ।

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

राष्ट्रियसभा बैठकले स्वीकृत गरिसकेको यससम्बन्धी विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउँछ।

अनुगमनमा कडाइ गर्दै बजार अनुगमन समिति, अखाद्य बस्तु भेटिए सिधै जफत

ताप्लेजुङमा बजार अनुगमनका क्रममा अब पहिले भन्दमा कडाइ गरिने भएको छ। बजार अनुगमन समितिले अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका कुनै कार्य भएको भेटिए कानुनी कारबाहीका लागि मार्ग प्रसस्त गर्ने निष्कर्ष निकालेको हो।

मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।

चिया श्रमिकलाई खाद्यान्न वितरण

श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।

चिया श्रमिकलाई खाद्यान्न वितरण

निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित चिया श्रमिकका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ।

बजारभरि अखाद्य वस्तु

सरकारले गत वर्ष बजार अनुगमन गरी सार्वजनिक गरेको नतिजाले सबैलाई एक पटक झस्काएको छ। मुलुकभरका बजारमा बिक्री–वितरण हुने उपभोग्य खाद्यवस्तुमध्ये आठ प्रतिशत खान अयोग्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भएका खाद्यवस्तुको नमुना संकलन गरेर परीक्षण गर्दा यस्तो डरलाग्दो तस्बिर आएको हो। विभागले मुलुकभरका बजारबाट २ हजार ८ सय ३४ वटा नमुना संकलन गरी गुणस्तर परीक्षण गर्दा ७.७ प्रतिशत खाद्यवस्तु खान अयोग्य फेला परेका हुन्।

दुई सय खाद्य भण्डारण केन्द्र निर्माण गर्ने

कृषिजन्य वस्तुको भण्डारण सहित बिक्री सुनिश्चित गर्न कृषि बजारलाई पनि प्राथमिकतामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्की बताउँछन्। उनका अनुसार सबै प्रदेशमा ७८ कृषि थोक बजार निर्माणका लागि स्थानीय तहमा रकम पठायएको छ भने प्रदेशस्तरीय कृषि उपजको हब मार्केट स्थापना गर्ने योजना छ।

खाद्य सम्मेलनका लागि सरकारलाई सुझाव

राष्ट्रिय तथा प्रदेश तहमा अन्तर्राष्ट्रिय खाद्य प्रणाली सम्मेलन लक्षित संवादहरू आयोजना भएका र ती कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा तयार पारिएका यी सुझाव राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई बुझाइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए ।

बाढीपहिरोको क्षतिः उत्तरी गोरखामा पैदल हिँड्ने बाटो पनि छैन

लगातारको वर्षापछि बाढी पहिरो निम्तिँदा १५ दिन देखि उत्तरी गोरखासँग सदरमुकामको आउजाउ टुटेको छ । मोटरबाटोको सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटोमा दर्जनौं ठाउँमा भत्किएपछि स्थानीय ज्यानको बाजी राखेर हिँडडुल गर्न बाध्य छन् ।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्