१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चिया श्रमिकलाई खाद्यान्न वितरण

निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित चिया श्रमिकका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। इलाम र सोक्तिम चिया बगानका १ सय ३८ परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो।

श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।

प्याग नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले श्रमिकलाई चामल, तेल, दाल, नुन, चिउरा, चिनीलगायत खाद्यान्न सहयोग गरेको जानकारी दिए । इलाम चिया बगानका ७३ श्रमिकलाई बगानमै पुगेर सामग्री वितरण गरिएको छ भने सोक्तिम बगानका ६५ श्रमिकलाई पनि बिहीबार बगानमै पुगेर वितरण गरिँदैछ।

कोरोनाको असरले भइरहेको निषेधाज्ञाका कारण श्रमिक परिवारको रोजीरोजी नै गुम्ने अवस्था आएको र खान–लाउनै समस्या परिरहेको देखेपछि उनीहरूलाई खाद्यान्न वितरण गरेको अधिकारीले बताए। इलाम र सोक्तिमजस्तै निजी क्षेत्रलाई भाडामा दिइएका सरकारी चिया बगानका श्रमिकले न्यूनतम् ज्याला र सरकारले तोकेका सेवा–सुविधा पाउन सकेका छैनन्।  

‘श्रमिकले न्यूनतम ज्यालासमेत नपाइरहेको र भएको रोजगारीसमेत निषेधाज्ञाका कारण गुमेको पाएपछि श्रमिकलाई सहयोग गरेका हौं,’ निर्देशक अधिकारीले भने, ‘एउटा श्रमिकले रोजगारी गुमाउँदा उसमा आश्रित परिवारको बिचल्ली हुने अवस्था छ।’

प्रकाशित: २९ श्रावण २०७८ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App