२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

फाइल।

नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ।

रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुको पूर्वानुमानसँगै सबै जिल्लाहरुमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरु खटाइ विपद् पूर्वतयारीका कामहरु अघि बढाएको जनाएको हो।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको जानकारी दिए।

उनका अनुसार सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ।

मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको उनले सुनाए। "सबै स्वयंसेवकहरु तयारी अवस्थामा हुनुहुन्छ" उनले भने।

प्रकाशित: १९ असार २०८१ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App