४ मंसिर २०८१ मंगलबार
image/svg+xml

ड्राेन क्यामेराले उतार्छ– बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख

बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ।

पशुपतिको जग्गा बाँड्ने प्रस्तावमा निर्णय भएन

अधिग्रहण पीडितका नाममा एक दर्जन बढीलाई घडेरी बाँडन पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन समितिले गरेको प्रस्तावमा छानबिन गर्न सञ्चालक परिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ।

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक

तिलगंगा आँखा अस्पताल छेउमा रहेको पशुपति क्षेत्र विकास कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन सञ्चालक परिषद् बैठक डाकिएको हो।

चिनी मिललाई कर्जा लिएर घर जग्गा कारोबार गर्ने पक्राउ

धितोको अत्याधिक मूल्याङकन गराएर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट रकम ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित ४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको छ। कपन महायान गुम्बाको पश्चिममा रहेको उक्त जग्गा २०२१ सालको नापीअनुसार २७ नम्बर कित्ताको ७ नम्बर पर्ती (सार्वजनिक) थियो। सो जग्गा हाल ध्रुवतेन शेर्पाका नाममा छ। उक्त जग्गामा महाकाल मन्दिर पनि छ।

पशुपतिको जग्गा मनपरी बाँडिँदै

पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ। विश्वसम्पदामा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो।

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

किर्ते गरेको १७ बिघा जग्गा मालपोतले गर्‍यो राष्ट्रियकरण

जिल्ला मालपोत कार्यालय रौतहटले १७ बिघा १ कठ्ठा १७ धुर जमिनलाई राष्ट्रियकरण गरेको छ। भूमाफियाहरुले किर्ते गरी हदबन्दीभन्दा माथिको जग्गालाई व्यक्तिको नाउँमा पारेकोमा जिल्ला मालपोत कार्यालय रौतहटले प्रक्रिया पुर्‍याएर राष्ट्रियकरण गरेको हो।

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ।

पीडितका नाउँमा जग्गा बाँड्ने खेल

सरकारले सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षपीडितलाई सट्टाभर्नाका नाउँमा फेरि झन्डै ४० बिघा जग्गा बाँड्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बैठकले वन तथा भूसंरक्षण मन्त्रालयको प्रस्तावमा आरक्षप्रभावित २४ परिवारलाई जग्गा सट्टाभर्ना दिने निर्णय गरेको हो।

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितहरुले असन्तुष्टि जनाएका छन्। हाल निर्माणाधीन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम थोरैले मुआब्जाको दररेट हेरफेर गरिदिन माग गरेका छन्।

सर्वोच्चद्वारा प्रेरणा शाहको जग्गा सरकारी भएको फैसला

सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाएको हो।

स्कुलको जग्गामा माेहियानी हक

सूर्याेदय नगरपालिका– ६ स्थित आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पलाल अधिकारीले आफ्नो स्कुलको नाममा वर्षाैंअघि रजिस्ट्रेसन पास भएको ३४ रोपनी जमिन फेला पारे । ०३३ मंसिर १५ गते विद्यालयको नाममा जमिन पास भएको रेकर्ड लिएर उनी जिल्ला शिक्षा कार्यालय हानिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्