४ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रतिरोपनी ५ देखि ८ लाख, एक रोपनीभन्दा कम जग्गा भएकालाई विशेष योजना ल्याइने

१२ सय मेगावार्टको बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। आयोजना क्षेत्रमा पर्ने जग्गालाई ११ किसिममा विभाजन गरी निर्धारण गरिएको जग्गाको मुल्य बिहीबार सार्जजनिक गरिएको हो।

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको ३ बिघा जग्गा बिक्री गर्न सघाएको  आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई कार्यालयबाटै पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मिनबहादुर भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलमा रहेको कार्यालयबाट पक्रेको हो।

फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ

अाेरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको छ।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

सार्वजनिक जग्गामै गड्छन् सबैको आँखा

पाटन मंगलबजारस्थित ललितपुर उपमहानगरपालिकाको पुरानो भवन रहेको सरकारी जग्गालाई केही व्यक्तिले व्यापारिक भवन बनाउन खोजेको पाइएको छ। गत वर्षको भूकम्पले क्षति पुर्‍याएपछि उक्त भवनमा बस्दै आएको मंगलबजार प्रहरी प्रभाग अस्थायी टहरा निर्माण गरी दरबार क्षेत्रको पछाडि सर्‍यो।

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

बैंक तथा वित्तीय संस्थालेे घरजग्गामा मासिक करिब सवा ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ। साउनपछिका तीन महिनामा उनीहरुले करिब १७ अर्ब रुपैयाँ लगानी गरेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउनसम्ममा घरजग्गामा २ खर्ब ५३ अर्ब ४२ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ४५ अर्बको आवासीय कर्जासमेत) लगानी गरेका थिए।

घरजग्गामा लगानी

नुत्पादक भनिए पनि वा केन्द्रीय बैंकले ऋणप्रवाहमा बेलाबखत कडाइ गरे पनि नेपालमा घरजग्गा व्यवसायमा लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कुनै बेला थातबासका निम्ति र कृषिकर्म गर्ने उद्देश्यमा जोडिने जग्गा अब नाफामुखी व्यवसाय हुन पुगेको छ ।

ओरालो लाग्दै जग्गा कारोबार

तीव्र गतिमाउकालो लागेको जग्गाकारोबार बिस्तारै ओरालो लाग्नथालेको छ । जग्गाको मूल्यनिकै अकासिएपछि पहिलेजस्तो किनबेच हुन छाडेको व्यवसायीको भनाइ छ ।त्यसबाहेक बैंक तथावित्तीय संस्थाले जग्गाकोकर्जामा गरेको कडाइले पनिकिनबेच प्रभावितभएकोव्यवसायी बताउँछन् ।

किन बढ्याे घरजग्गाको भाउ ?

बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदा घरजग्गाको भाउ अकासिएको छ। भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन उक्त कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो।

नेपाल रेल्वेको जग्गामा भारतीय अतिक्रमण

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।

साझा प्रकाशनको जग्गा लिलामी रोक्न प्रधानमन्त्रीको निर्देशन

-प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्। ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा साेमबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो निर्देशन दिएका हुन्।

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

पश्चिमी किउल गाउँका शोभाराम विकको घर गत वर्षको भूकम्पले ढाल्यो । कमाउँदै आएको जमिनमा पनि पहिरो लाग्यो । विक परिवार नजिकै सुरक्षित स्थानमा स¥यो । गत फागुनमा उनले घर बनाए । ऋणधन गरेर बनाएको घरमा सर्नसम्म पाएनन् उनी । उनले बनाएको त्यो घर आँखैअघि भत्काइयो । न्यायका लागि उनी कतै जान सकेनन् । कानुनले शोभारामको हातगोडा बाँधेको थियो ।

युरेनियम खानी सुरक्षार्थ सेनाको क्याम्प बन्दै, लोमान्थाङवासीले दिए जग्गा

तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो

‘न जग्गा न पैसा, कहाँ बनाउने घर?’

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्याएकोे सिन्धुपाल्चोकमा घर बनाउन पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ निकाल्ने चटारो छ । मुलुकमै सबैभन्दा बढी भूमी समस्या भएको सिन्धुपाल्चोकका पीडित भने दोहोरो पीडामा छन् । भूकम्प पीडितसमेत रहेका उनीहरु बर्षौँदेखि भूमी पीडित हुँदै हुन् ।

प्रहरीलाई निशुल्क जग्गा दिने सम्मानित

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीचौकीलाई निशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ। ६१ औं प्रहरी दिवसको अवसरमा बिहीबार कार्यालयले प्रहरीचौकी भण्डारेघाट बतासे र प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्