४ मंसिर २०८१ मंगलबार
image/svg+xml

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा तारवार सुरु

पोखरा—पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ।

आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !

वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

काठमाडौँ- नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

घर-जग्गा राजस्व १३ अर्ब नाघ्यो

बढ्दो बसाइँसराइले घरजग्गा कारोबार बढेको छ। सकेसम्म सहरी क्षेत्रमा बस्ने रुचि,कमाइपछि पहिलो आम्दानीघरजग्गामा लगानी गर्नेक्रम बढेपछि कारोबार बढेको हो।यसले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।

विकास आयोजनाका जग्गा प्राप्ति र रूख काट्ने समस्या समाधान गर्न जाेड

व्यवस्थापिका–संसद्अन्तर्गतकाे विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचन कार्यालय र कोलेनिकालाई ३ रोपनी जग्गा दान

तेह्रथुम– कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणका लागि एक स्थानीयले करिब ३० लाख रुपैयाँ मूल्य डेढ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन्। कोलेनिकाको भवन निर्माणका लागि म्याङलुङ– २ बस्ने मायादेवी ढकालले १ रोपनी ८ आना जग्गा दान गरेकी हुन्।

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ।

भौतिक पूर्वधार निर्माणका लागि जग्गा अभाव

इटहरी– पूर्वकै मुख्य शहरमा इटहरी स्वास्थ्य क्षेत्रलाई हेर्दा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य सरकारी सेवा उपलब्ध छैन । केही सीमित निजी अस्पताल भए पनि प्रभावकारी सेवा छैन। बिरामीले धरान वा विराटनगर जानुपर्ने बाध्यता छ । यसका लागि इटहरीमा व्यवस्थित सिटी हस्पिटल निर्माण गर्न सरकारले बजेट छुट्याएर ५० लाखभन्दा बढी पैसा निकासा भएको छ। तर, दाताले दिएको जग्गा उपयुक्त नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन।

दुई पैसा जग्गामा घर

गत वर्षको विनाशकारी भूकम्पपछि भक्तपुरमा आधा आना अर्थात् दुई पैसा जग्गामा धमाधम घर पुनर्निर्माण हुन थालेका छन्। दुई पैसामा बनाइने घरमा एउटा सानो कोठा पनि मुश्किल बन्छ।

निकुञ्जको जग्गा 'कब्जा' मा स्वामीलाई उन्मुक्ति

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मन्दिरलगायत संरचना बनाएर विवादमा तानिएका मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलाई सरकारले कारबाहीबिनै उन्मुक्ति दिएको छ।केपी ओली सरकारले साउन ५ साँझ मन्त्रिपरिषद्बाटै निर्णय गराई स्वामीलाई उन्मुक्ति दिएको खुलासा भएको छ। मन्त्रिपरिषद्ले गरेको सीमा सार्ने निर्णय सार्वजनिक भने गरिएको छैन।

सर्वोच्चको आदेश मिच्दै दीक्षितको जग्गा 'कब्जा'

सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारका नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे गरिरहेको कारबाही अघि नबढाउन जिल्ला भूमिसुधार कार्यालय, ललितपुर र राजस्व अनुसन्धान विभाग लगायतका सरकारी निकायका नाममा अन्तरकालीन आदेश जारी गरेको छ।

घरजग्गा करमा ५ प्रतिशत मात्रै वृद्धि

काठमाडौं-सरकारले बढाएको घरजग्गा कर बुझाउन करदाताले अस्विकार गरेपछि काठमाडौं महानगरपालिकाले कर छुटको व्यवस्था गरेको छ। महानगरले साविकको करमा ५ प्रतिशत वृद्धि गरी कर उठाउन थालेको हो।

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

कर्णाली अस्पताललाई डेढ करोडको जग्गा दान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्थानीयले झण्डै डेढ करोड रुपैयाँ बरावरको जग्गा दान गरेका छन्। प्रतिष्ठानको मेडिकल कलेज स्थापनासँगै भवन निर्माणको लागि जग्गा दान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्