१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
डिवी वुढा


डिवी वुढाका लेखहरु :

सडकले सहज दसैं

तिला गाउँपालिका–९ का मोहन बोहोरा दसैंको किनमेल गर्न नजिकैको सिनानगर बजारमा पुगे । दसैंलाई चाहिने चामल, तेल र मसला लिएर घर फर्के।

विद्युत आयोजनाको कुलोमै पानी जमेपछि...

जुम्लाको पातारासी गाउँपालिका १ स्थित जलविद्युत आयोजनाको कुलोमा पानी जमेपछि विद्युत उत्पादन रोकिएको छ । हिउद सुरु भएपछि यो जलविद्युत केन्द्रले वर्षेनी यही समस्या झेल्दै आएको छ ।

पुस १५, कर्णालीको विशेष पर्व

कर्णालीवासीले पुस १५ लाई विशेष महत्वका साथ मनाउँछन्। वर्षकै लामो रात पुस पन्ध्रमै पर्ने र रातभरी नसुतेरै जाग्राम बस्दा आयु लम्विने जनविश्वास छ।

जुम्ला बाम गठबन्धनको अग्रता

जुम्लाको मतपरिणाममा प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार गजेन्द्र महत ६०५१ मत ल्याएर अग्रता हाँसिल गरिरहेका छन्।

चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटास्थापना

कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर  घटास्थापना गरिएको होे। वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ।

साउने संक्रान्तिमा कर्णालीवासीका घरदैलोमा राँको

साउन १ गते अर्थात साउने सक्रान्ति विहीबार जुम्लाका घर घरमा राँको बालेर मनाइने चलन छ ।  प्रत्येक घरको छतमा राँको बालेर एक आपसमा गाली गरेर मनाइने यो चलन अहिलेसम्म कायमै छ । लुतो फाल्ने दिनको रुपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाई धुवाई गरि शरीरमा तेल लगाएर सरसफाई गरिन्छ । धान रोपाईको काम सकिएको अवसरमा यहाँका किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन । महिना भरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदी आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ ।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

चुनावी घोषणापत्रमा खेललाई प्रथामिकता

स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलका उम्मेदवारले खेलकुदको क्षेत्रमा आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । उनीहरूले गाउँपालिका र नगरपालिका क्षेत्र स्तरका खेलकुदका संभावनालाई दृष्टिगत गर्दै एजेण्डा सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि बनेका घोषणा पत्रमा खेलकुदलाई प्रथामिकतामा पारेका हुन । मुख्य तिन दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले खेलकुदको विकास गरी खेलकुद पर्यटनलाई अघि बढाउने प्रतिबद्धता गरेका हुन ।

एमाले जुम्लाले लगायो उम्मेदवारको टुंगो

नेकपा एमाले जुम्लाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। जुम्लामा रहेका एक नगरपालिका र सात वटा गाउँपालिकाका को लागि एमालेले उम्मेदवार छनौट गरेको हो।

वन विवाद सुल्झाउन माग गर्दै प्रशासन पुगेका स्थानीयमाथी लाठिचार्ज

चन्दननाथ नगरपालिका ९ वयालकाटियाका स्थानीय माथी प्रहरीले लाठिचार्ज गरेको छ।

मेयर दाबी गर्ने एक्ली महिला कान्तिका

स्थानीय तहको निर्वाचनको समयावधि नजिकिदै गर्दा दलहरू उम्मेद्वार छनौटमा घनिभूत रुपमा लागिरहेका छन् । सबै दलका नेता कार्यकर्ता गाउँ र नगरपालिका केन्द्रित छन । तर अहिलेसम्म कुनै पनि दलले प्रमुख, उपप्रमुख र मेयरको टुंगो लगाउन सकेका छैनन । टुंगो लागेपनि गाउँपालिकाको प्रमुखमा महिला आउने संभावना देखिदैन ।

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

चुनाव प्रचारमा शिक्षक र वालवालिका प्रयोग नगर्ने प्रतिवद्धता

थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्।

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

चुनाव जित्नकै लागि एकमुष्ट भर्ना गरिएको विषयलाई लिएर विद्यार्थीबीच विवाद भएपछि जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु चुनाव अन्यौलमा परेको छ। विद्यार्थी विवादका कारण १८ गते स्ववियु चुनाव नहुने निश्चित भएको हो।

जुम्लाको भीरबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्