८ वैशाख २०८१ शनिबार
समाज

विद्युत आयोजनाको कुलोमै पानी जमेपछि...

विद्युत नहरमा जमेको वरफ। तस्विर: डिबी बुढा/नागरिक

जुम्ला–पातारासी गाउँपालिका १ स्थित जलविद्युत आयोजनाको कुलोमा पानी जमेपछि विद्युत उत्पादन रोकिएको छ । हिउद सुरु भएपछि यो जलविद्युत केन्द्रले वर्षेनी यही समस्या झेल्दै आएको छ । 

विहान वेलुका गरेर १० घण्टा विद्युत आपुर्ति हुदै आएकोमा पाँच घण्टा पनि चल्दैन, पातारासी १ का मणिकृष्ण बुढाले भने, 'कुलोमा वरफ जमेको छ, पटक पटक वरफ पन्छाएर मात्रै थोरै समयका लागि विद्युत उत्पादन गर्ने गरिएको छ । विद्युत गृह नजिकैको कुलो र जलाशयमा बारम्बार वरफ हटाउनुपरेको छ।' 

पानी वग्दै गर्दा, वरफ जमेको वेला पानीको गति न्यून हुँदा स्पिडले पानी चल्दैन । उनले ऐडीभने, हिउदका तिन महिना काठको दियालो वाल्नुको विकल्प हुदैन ।

बरफ जमेर विजुली उत्पादन नहुँदा पेरे, गडिगाउँ र धोपाका स्थानीयले दुख पाएका छन् । स्याला गढिगाउँका अर्का स्थानीय लालवहादुर ऐडीले हिउदको समयमा सँधै दु:ख पाउने गरेको बताए । नियमित वत्ति नआउदा मिल र घट्ट चलाउनको समस्य भएको छ । मोवाईल, रेडियो लगायतका विद्युतीय सामान चार्ज गर्न कठिन हुने गरेको छ । कुलोमा वरफ जमेपछि पानीको वहाव कम हुँदा विजुली निकाल्न सकिएको छैन ।  

पानी वग्दै गर्दा, वरफ जमेको वेला पानीको गति न्यून हुँदा स्पिडले पानी चल्दैन । उनले ऐडीभने, हिउदका तिन महिना काठको दियालो वाल्नुको विकल्प हुदैन ।फागुन महिनाको अन्तिम देखि मात्रै नियमित विद्युत आउने स्थानीय वताउछन् ।  ६१ वर्षिया धनसुर ऐडी गाउँमा रहेको विद्युत नहरमै वरफ जम्दा विद्युत आपुर्तिमा अवरोध आउने गरेको वताउछन् । उनले भने, 'वर्षायाममा झलमल्ल गाउँ हिउदको सिजनमा अन्धकार देखिन्छन्।' उनका अनुसार अहिले विद्युत कहिले १ घण्टा वल्छ , त कहिले आधा घण्टामै विद्युत सेवा वन्द हुन्छ । 

यो समस्यf पातारासी गाउँपालिकाको मात्रै हैन । जिल्लाको तिला, हिमा,सिजा, कनकासुन्दरी, चन्दननाथ नगरपालिकाको पनि हो । नदिमै वरफ जमेर पानी राकिएको वेला विद्युत आपुर्तिमा निकै कठिन हुने गरेको छ । तिला गाउँपालिका ९ का मोतिराम वुढा कुलोमा पानी जमेर विद्युत अवरोध हुने गरेपछि गाउँले फेरी दियालोमै फर्कनु परेको हो । चिसोका कारण जुम्लाको जनजीवन निकै प्रभावित भएको छ । । गाईवस्तुलाई दाना दिने देखि हिडडुल गर्न समेत चिसोले गाह्रो पर्छ । सदरमुकाम खलंगाका प्रत्येक दोकानमा आगो वालेर गुजारा चल्ने गरेको छ । गाउका वालवालिका र वृद्धवृद्धा चिसोदेखि निकै प्रभावित वनेका हुन । 

प्रकाशित: २८ पुस २०७४ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App