१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

जुम्ला – ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक बिदाको दिन पूर्व स्वीकृति नलिएर संचालन हुने ३ वटै सरकारी मोटरसाइकल रहेका छन् । स्थानीय प्रशासनले गरेको निर्णय पछि नियम विपरित तीन वटा सरकारी मोटरसाइकल चलाइएको भेटिएको हो । जसमा जिल्ला कृषि विकास कार्यालय जुम्लाको बा १ ब ६७२२, कृषि अनुसन्धान केन्द्र बागवानी राजिकोटको ना १ ब १८८२ नं को मोटरसाइकल र कनकासुन्दरी गाँउपालिकाको क १ ब २९ नं को मोटरसाइकल  सार्वजनिक बिदाको दिनमै कारबाहीमा परेका छन् ।  कारबाहीमा परेका ३ वटै मोटरसाइकल चालक तथा कर्मचारीलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरिने जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ।             
  
जुम्लामा रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुद्वारा संचालित चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु अब सार्वजनिक बिदाको दिन अनुमति बिना संचालन गर्न नपाइने भएको हो । यसअघिका दिनहरुमा जुम्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुद्वारा चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु सार्वजनिक बिदाको दिनमा मनपरी तरिकाले संचालन गर्दै आइराखेका थिए।   अबदेखि स्थानीय प्रशासनको अनुमति बिना सार्वजनिक बिदाको दिन त्यस्ता सवारी साधान संचालन गर्न नपाइने भएको छ।
 
सरकारी तथा गैर सरकारी कार्यालयका सवारी साधानहरु जुम्लामा जथाभावी चलाएको र कर्मचारी बाहेक दोस्रो ब्यक्तिले चलाएको पाइएको गुनासो वढेपछि  केन्द्रको आदेश अनुसार अबदेखि अनुमति बिना चल्न नदिइने जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कर्मचारीको परिचय पत्र, लाइसेन्स र अनुमति पत्र बेगर आगामी दिनमा त्यस्ता सवारी साधान चलाएको पाइएमा सवारी साधन नियन्त्रणमा लिइने ट्राफिक प्रहरीले जनाएको छ । आगामी दिनमा सरकारी सवारी साधानहरु जिल्ला छाडि बाहिर कामका लागि प्रयोग गर्नुपरेमा पुर्व स्वीकृति लिएर मात्र प्रयोग गर्न अनुरोध गरिएको छ।   

प्रकाशित: २८ जेष्ठ २०७४ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App