१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

काठमाडौँ- नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।  

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरुलाई जनही १ वर्ष कैद र ७ लाख ३१ हजार रुपैयाँ जरिवाना हुने सजाय फैसला गरेको थियो। अदालतबाट सजायँ फैसला भए पनि उनीहरु फरार रहेका थिए। फरार उनीहरुलाई प्रहरीले मंगलबार नयाँबजारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको  छ।

उनीहरुले रगतको साइनो नभएकी तर आफुहरुलाई पालन पोषण गर्ने अमिला विविको शेष पछिको हकदार हामी हौं भनेर अमिला विबी र दिवर वज्यु नामका दुई फरक व्यक्ती एकै हुन् भनी झुठा ब्यहोराका नक्कली मृत्यु दर्ता र नाता प्रमाणित कागजात पेश गरेर जग्गा पास गरेका थिए। अमिला विबीको नाममा दर्ता स्रेस्ता कायम रहेको साङ्गला गाविस–९(ग) कि.नं.११९ क्षेत्रफल २–११–३ जग्गा २०६३ साल मंसिर महिनामा आफ्ना नाममा नामसारी गराई ४ लाख ७० हजार रुपैयाँमा बिक्रि गरी रकम आधाआधा बाँडी ठगी गरेका थिए।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार, सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७३ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App