घरजग्गामा २ सय ४२ अर्ब लगानी
काठमाडौ-घरजग्गा किनबेच बढेसँगै बैंक तथा वित्तीय संस्थाले घरजग्गा ठूलो लगानी गरेका छन्। चालु आर्थिक वर्ष ७२/७३को पहिलो ११ महिनामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सरकारले सेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति लिएको छ। साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको विस्तारकारी बजेटको पृष्ठभूमिमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै अन्य क्षेत्रलाई कसेको हो।
काठमाडौँ– सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ। सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो।
काठमाडौं—आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ। प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र रु ४० करोड अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो।