९ आश्विन २०८१ बुधबार
image/svg+xml

स्कुटरले ठक्कर दिंदा पैदलयत्रीको मृत्यु

स्कुटरले ठक्कर दिंदा भक्तपुरमा बिहीबार एक जना पैदलयात्रीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं १० भक्तपुरस्थित चागुँनारायण सडक वन्टीमा भएको दुर्घटनामा परी पैदल यात्री भक्तपुर नगरपालिका वडा नं. २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

काठमाडौंकाे कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्रहरीका अनुसार बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चाबहिल डेरा गरी बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको मृत्यु भएको हो ।

माइक्रो दुर्घटनामा १७ यात्रु घाइते

डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतमा भयानक दुर्घटना, क्रेनले किचेर ११ को मृत्यु

समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनस्थित हिन्दुस्थान सियार्ड लिमिटेडमा एउटा क्रेन पल्टिएकाे हाे ।

‘ठेकेदार कम्पनी र परामर्शदाताको त्रुटि’

खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको अडिट गेट भत्किनुमा डिजाइन र निर्माणमा संलग्न कम्पनीको गम्भीर प्राविधिक त्रुटि रहेको निष्कर्ष निकालेको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बन्दाबन्दीका बेला दुर्घटनामा कमी, घट्यो ज्यान गुमाउनेको सङ्ख्या

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नपाओस् भनी सरकारले देशभर लगाएको चार महिना लामो बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ । जिल्लामा दुर्घटनाको सङ्ख्या घटेपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका १ आम्बासीका ४५ वर्षीय तीर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो, सवारी दुर्घटना घट्दो

तीन वर्षको अवधीमा नुवाकोटमा १ सय ७२ जना नागरिकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जना नागरिकले आत्महत्या गरेका गरेका छन् ।

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

चिताको धुवासँगै उड्यो युवाको सपना

गत शनिबार प्युठानको रुमालेमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका रोल्पाका मजदुरहरूको सोमबार राति सामूहिक अन्त्येष्टि गरिँदा आफन्तको अवस्था अझ हृदय विदारक देखिन्थ्यो।

प्युठान दुर्घटना : चिताको धुवासँगै उड्यो सपना

होलेरी नजिकै बाईजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकै टोलका ५ जना युवाको शव जलिरहदा रोल्पा रोईरहेको थियो । साउने झरीमा आकास रोए जस्तै मलामीका आखा पनि एकनासले बगिरहेका थिए ।

सवारी दुर्घटना बढ्दै, मृत्यु संख्या घट्दै

गत आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटना बढेको पाइएको छ। सो आवमा उपत्यकामा १० हजार ३८ सवारी दुर्घटना भएका छन्। तापनि, दुर्घटनामा ज्यान गुमाउनेकोे संख्या भने कम छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७५/७६ मा दुर्घटना संख्या आठ हजार ५ सय ११ थियो।

दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर

दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्