६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा भयानक दुर्घटना, क्रेनले किचेर ११ को मृत्यु

दुर्घटना भएकाे क्रेन । तस्बिर : युजिएस

भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमा शनिबार एउटा भयानक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।  

समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनस्थित हिन्दुस्थान सियार्ड लिमिटेडमा एउटा क्रेन पल्टिएकाे हाे ।  

विशाखापट्टनका जिल्ला अधिकारी विनय चन्दले दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।  

अंग्रेजी अखबार द हिन्दुमा प्रकाशित खबरअनुसार पर्यटनमन्त्री एम श्रीनिवास रावले यसबारे स्थानीय प्रशासनसँग कुरा गरेका छन्। उनले यसबारे जिल्ला अधिकारीसँग समन्वय गरी जिल्ला प्रशासनबाट एक टोली पठाइएको छ ।  

जिल्ला अधिकारी विनय चन्दका अनुसार यो भयानक दुर्घटना एक नयाँ क्रेन चलाउने क्रममा भएको हो । परीक्षणका रूपमा सञ्चालन गर्ने क्रममा दुर्घटना भएको हो ।  

यस घटनाको छानबिन गर्न आफूले सियापार्ड कम्पनीलाई निर्देशन दिइसकेको उनले बताएका छन् । साथै स्थानीय प्रशासनलाई एक उच्चस्तरीय छानबिन समिति गठन गर्न आदेश दिएको उनले बताए । 

प्रकाशित: १७ श्रावण २०७७ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App