दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।
घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।
दैनिकजसो दुर्घटना भइरहने नेपालगन्ज–गुलरिया सडकखण्डको मानपुरस्थित घुम्तीमै रहेको पुरानो भवन भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा शुक्रबार उक्त भवन भत्काइएको हो। बाँकेको जानकी गाउँपालिकाअन्तर्गत पर्ने उक्त स्थान ‘दुर्घटनाग्रस्त’ क्षेत्रका रूपमा परिचित थियो।
दैनिक जसो दुर्घटना भइरहने नेपालगन्ज–गुलरिया सडक खण्डको मानपुरस्थित घुम्तीमै रहेको पुरानो भवन भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा शुक्रबार उक्त भवन भत्काइएको हो।
पुर्वपश्चिम राजमार्गको बुटवल १२ जितगढीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ च ९०५० नम्बरको पिकअप जीपले विपरित दिशाबाट आइरहेको लु ४६ प ८१७६ नं.को मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक बाबुराम पन्थीको मृत्यु हो ।
शनिबार राति मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ। पूर्वतर्फबाट जाँदै गरेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको स्कुटर एकआपसमा ठोकिँदा भएको दुर्घटनामा घाइते भएका दुई जना युवकको उपचारका क्रममा राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी पराल्मीका एकबहादुर पोखरेल,शन्त नेपाली र गोमा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । पोखरेलको घटना स्थलमै र दुइ जनाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको डिएसपि पाण्डेले बताए । जिपमा सवार ७ जना घाइते भएका छन । बालिका सहित ३ जना सकुशल छन ।
आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
६ लेनमा बिस्तार भएको सडकमा लेन छुट्याएर रेखाङ्कन गरिएको भएपनि सवारी चालकले त्यसको वेवास्ता गरी सवारी गुडाउदा दुर्घटना बढेको निश्कर्ष सहित प्रहरीले लेन अनुशासनकालागि चालकसंग ५ मिनेट अभियान सुरु गरेको हो ।
डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्वार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।