१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

प्रहरीमा सधैं किचलोः सेवावधि घटाउने कि बढाउने

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई आइजिपीको शपथ खुवाउँदै गर्दा दुवै संगठनका नियमावली संशोधन हुने संकेत गरेका थिए।

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

उदयपुरका २९ वर्षीय खत्रीको हत्यामा संलग्न दुई पक्राउ

नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलेमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले नै एक रातमा लाखौँको सामान बरामद गरेपछि पुष्टि भएको छ।

चिकित्सकको मोटरसाइकलमा आगजनी

अस्पताल परिसरमा पार्किङ गरी राखेको अवस्थामा चिकित्सकको मोटरसाइकल अगजनी भएको छ। विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक रविनराज सिंहको मोटरसाइकल शुक्रबार बिहान अढाइ बजेतिर आगजनी भएको हो।

महाराजगंजमा अपांग महिला बलात्कृत

कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

घर फर्किए म्यादी प्रहरी

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए।

भरपर्दो सूचना नदिँदा प्रहरीले दुःख पाइरहेको छः एसपी शाही

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीको बढदो सक्रियता दुरुपयोग गर्न सत्य तथ्य सूचना नदिँदा प्रहरी अनावश्यक दुःख पाइरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताएका छन्।

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको सुरक्षा

सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।

मतगणना स्थलमा मदिरा सेवन गरे-नगरेको परीक्षण हुने

दैलेखका ११ स्थानीय तहमा हुने मतगणना स्थलमा मदिरा सेवन गरे/नगरेको अनिवार्य परीक्षण गर्न मेशिन राखिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्