१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ। श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित: १९ जेष्ठ २०७९ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App