१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक जना महिला र ८ जना पुरुष छन्। २४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ। बाँकीको अवस्था सामान्य रहेको छ। जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस बिहान करिब साढे ४ बजे ओमसतिया गाउँपालिका ४ बसन्तपुरस्थित रोहिणी नदीको पुलबाट खसेको थियो।

बसमा ३३ जना सवार रहेको बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरु मध्ये ५ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवा भीम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए।

घाइतेहरुको भैरहवास्थित मेडिकल कलेज, भीम अस्पताल, सिद्धार्थसिटी अस्पतालमा उपचार भइरहेको छ। मृत्तकको सनाखत भइसकेको छैन। दुर्घटनाका घाइतेहरुलाई नेपाल प्रहरी र सशस्त्रले तत्काल उद्यार गरी उपचारका लागि भैरहवा ल्याएका थिए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App