coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाराजगंजमा अपांग महिला बलात्कृत

कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

जेठ ४ गते बुधबार साझ ५ बजे कोटिया बढनीबाट फर्कने क्रममा स्थानीय युवा ग्रिस चौधरी (अग्गु) ले उखु बारीको खेतमा लगि बलात्कार गरेको पीडीत मलिका श्रीमानले बताए। ३५ वर्षीय पीडित महिला शारिरिक रुपमा कमजोर तथा महिला बोल्न पनि सक्दैनिन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले ख वर्गको अपांगताको कार्ड पाएकी ती महिलालाई करणी गरको भन्ने उजुरी समेत परेको बताए। पीडित महिलाको मेडिकल गराइ फरार युवकको खोजी भइरहेको पाण्डेयले बताए। महिलाको ३ जना छोरा-छोरी रहेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App