३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सकको मोटरसाइकलमा आगजनी

अस्पताल परिसरमा पार्किङ गरी राखेको अवस्थामा चिकित्सकको मोटरसाइकल आगजनी भएको छ। विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक रविनराज सिंहको मोटरसाइकल शुक्रबार बिहान अढाइ बजेतिर आगजनी भएको हो।

चिकित्सकको निवासमा (अस्पताल परिसरभित्र)मा बिहीबार राति साढे ९ बजेतिर पार्किङ गरी राखिएको थियो। ‘पार्किङ गरेर राखेको को २५ प ५०२४ नम्बरको मोटरसाइकलमा शुक्रबार बिहान पख बल्दै गरेको अर्का एक चिकित्सकले देखेर हल्ला गरे,’ चिकित्सक सिंहले भने, ‘सधैँ पार्किङ गरेर राख्ने ठाउँमा राति राखेको थिए। बिहान पख अर्का चिकित्सकले मोटरसाइकलमा आगो बल्दै गरेको देखेपछि हल्ला गरेपछि सबै जना मिलेर निभायौं।’

‘मोटरसाइकल आगजनी गर्नेको पहिचान खुल्न सकेको छैन,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘मोटरसाइकल कसरी आगलागी भयो भनेर अनुसन्धान थाली सकेका छौं।’ आगलागीबाट मोटरसाइकलमा धेरै क्षति पुगेको छ। २०७८ मंसिर २८ गते मोटरसाइकल चोरेर भारत लैजान लाग्दा सीमा क्षेत्रबाट प्रहरीले बरामद गरी फिर्ता गरेको हो।

प्रकाशित: १३ जेष्ठ २०७९ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App