१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका-११ स्थित भोजाड-पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो। उनलाई दुई लाख २८ हजार १ सय ९७ रुपैयाँ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो।

विकको साथबाट प्रदेश०३-००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए। पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १९ जेष्ठ २०७९ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App