९ आश्विन २०८१ बुधबार
image/svg+xml

उखु किसान भन्छन्–बक्यौताको हिसाबै मिलेन

सरकार र उद्योगीले वास्तविक बक्यौताभन्दा फरक तथ्यांक देखाएको भन्दै सर्लाहीका उखु किसानले सोमबारदेखि किसानको घरघर पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्।

आन्दोलनको तयारीमा किसान

गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्।

नेपाली किसानलाई थप चुनौती

स्वदेशी कृषिजन्य वस्तुले भारतबाट आयातितसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आगामी दिन नेपाली किसानका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।

उखु किसान पीडितले गरे मन्त्री भट्टसँग गुनासो

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टसँग उखु किसानले चिनी मिलका सञ्चालकहरुले गर्दा आफूले सास्ती खेप्नु परेको भन्दै गुनासो गरेका छन्। आईतबार कलैया उपमहानगरपालिका-२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीमा अनुगमन गर्न र किसानहरुको समस्या बुझ्न मन्त्रालयका सचिवसहित आएका मन्त्री भट्टसँग किसानहरुले दुखेसो पोखेका हुन्।

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको कारोबार रोक्का हुने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ।

अर्गानिक प्रमाणीकरणमा साना किसान पहुँचभन्दा बाहिर

प्रत्येक शनिबार पुरानो बानेश्वरस्थित ‘आरएन्डडी फार्मसर्् मार्केट’ घुम्दै किसानसँग कुराकानी र उनीहरूका कृषि उत्पादन नकिनेसम्म पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहलाई चित्तै बुझ्दैन।

हिउँदे झरीले जलमग्न खेत, बालीमा ठूलो नोक्सानी

हिउँदे झरी कैलालीका किसानका लागि अभिशाप बनेको छ। लगातारको झरीले किसानको गहुँ, तोरी, मसुरो, केराउ लगायतका हिउँदे बालीमा ठूलो नोक्सानी पु-याएको छ।

हिउँदे झरीले दुई जिल्लाका आलु किसानलाई एक अर्ब घाटा

आलु खेती असोजको अन्त्यतिर गर्न सकिन्छ। आलु खेती अलि छिटो गर्दा हिउँदे वर्षाबाट हुने क्षतिलाई केही कम गर्न सकिन्छ।’

आलु किसानलाई १ अर्ब घाटा

अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।

रोकियो उखु किसानको आन्दोलन

सरकारसँग पाँचबुँदे सहमति। माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा उद्योग मन्त्रालयले लिने सहमति भएको छ।

कृषिमा लगानी बालुवामा पानी

हाल रहेको डरलाग्दो व्यापार घाटा सुधार्न, रोजगारीका अवसर सुनिश्चत गर्न र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढाउन कृषिलाई आत्मसात् गर्नुको विकल्प छैन।

गुलियो चिनीमा मिसिएको आँसु

चिनी मिठोको विशेषण पनि हो। तर त्यही चिनी बनाउने उखु हिजोआज आँसुको कथाले भरिएको छ। किसानले उखुको पैसा भुक्तानी नपाउँदा आन्दोलनमै उत्रिनु परेको छ। उनीहरुले हरेक सिजनमा बेचेको उखुको पैसा चिनी मिलसँग मागे। तर अँह! पैसा पाएनन्। त्यहीँबाट सुरु हुन्छ उनीहरुको पीडाको कथा।

माघ ७ गतेभित्र बाँकी रकम भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन्। सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्