९ आश्विन २०८१ बुधबार
image/svg+xml

नटेरे मिल सञ्चालकको सम्पत्ति रोक्का

उधारो उखुको पैसा रोकेका चिनीमिल सञ्चालकले माघपहिलो साताभित्रै बक्यौता भुक्तानी दिने प्रतिबद्धता जनाएका छन्।प्रतिबद्धता अनुसार बक्यौता भुक्तानी नगरे उनीहरुको सम्पत्ति रोक्का गरिदिने सरकारको तयारी छ।

उखु किसानका मागप्रति विभिन्न संघसस्थाको ऐक्यबद्धता

उखु किसानको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले ऐक्यबद्धता जनाएको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गरेर उखु किसानले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘उखु किसानको विषयमा जिम्मेवार बन’

राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानका विषयमा सरकार तत्काल जिम्मेवार नबन्दा मौलिक हक गुमेको भन्दै चिन्ता व्यक्त गरेको छ।

दुई सातादेखि किसान सडकमा, ‘सवा दुई अर्ब भुक्तानी देऊ’

उखुको बक्यौता नपाएर तराईका किसान राजधानीमा आएर सडक आन्दोलन गरिरहेका बेला संसदीय समितिले किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको छ। उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

ख्वै किसानको मोल ?

पशु सेवा कार्यालय, दार्चुलाले १०० वटा बोयर बोका खरिद गरेकामा ५७ मात्र वितरण भए। ४३ बोका कहाँ हराए ? यति बोकाको गोठालो हुने हैसियतसम्म नभएको कृषि मन्त्रालयले मुलुकको यति ठूलो कृषि क्षेत्र कसरी संरक्षण गर्ला ?

सात वर्षदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान माइतघर मण्डलामा

सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्

बिचौलियाको मारमा किसान

बाँकेको खजुरा तरकारीमा आत्मनिर्भर बन्दै गएको क्षेत्र हो। पछिल्लो समय खजुरा क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ। तरकारी खेतीमा आकर्षण बढिरहेका बेला यस क्षेत्रका किसान बिचौलियाको मारमा परेका छन्।

पोहोर फाल्न परेपछि यसपालि खेती नै कम

चितवन, खैरहनीका कृषक पुरन महतोले पोहोर माघमा खेतभरी फलाएर बिक्री गर्न तयार बन्दाले बजार नपाएपछि डोजर लगाएर फाल्नुप-यो। एकाएक समाचार बनेका महतो त्यो सम्झदै भन्छन्, ‘दुई रुपैयाँ किलोको दरले पनि मूल्य पाइएन। यसै पनि सडेर जाने, त्यसमाथि अर्को बाली लगाउनका लागि पनि त्यसलाई खेतबाट हटाउनुपथ्र्यो।’ उनले मुला पनि त्यसरी नै नष्ट गरेका थिए। तर त्यसको समाचार बनेन।

हिउँदे खेतीमा १५ प्रतिशत ह्रास

बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले गत वर्ष १० लाख रुपैयाँको टमाटर बिक्री गरेका थिए। उनले खजुरा आएर गाउँमा तीन बिघामा टमाटर र एक बिघामा आलु लगाएका छन्। यस वर्ष उनले टमाटर र आलुबाट १५ लाखको कारोबार गर्ने लक्ष्य राखेका थिए। तर, गत शुक्रबारको अविरल वर्षाले उनको लक्ष्य पूरा नहुने भएको छ।

किसानको श्रेणी छुट्याउन माग

राष्ट्रिय किसान आयोग, काठमाडौँद्वारा आयोजित अन्तरक्रियामा किसानहरुले आफुहरु निकै ठूलो समस्यमा पर्दै आएको गुनासो गरेका छन्।

बिचौलियाले अण्डा उत्पादक किसान मर्कामा

ठूला ब्यवसायी र बिचौलियाका कारण आफ्नो पेशा संकटमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन्। सरकारले अण्डाको मुल्य निर्धारण नगर्दा बिचौलियाले आम उपभोक्ता र साना किसानलाई मर्कामा पार्ने काम गरेको उनीहरुको भनाई छ। नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दियाले नेपालगन्जमा सोमबार गरेको पत्रकार सम्मेलनमा ब्यवसायीले यस्तो गुनासो गरेका हुन्।

बाँदरको पनि परिवार नियोजन !

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगनरपालिकाका किसानले बाँदर आतंक नियन्त्रणका लागि बाँदरको ‘परिवार नियोजन’को माग गरेका छन्। बाँदरको बढ्दो संख्याका कारण अन्नबाली जोगाउन मुस्किल परेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानका किसानले मेयर दिपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै बाँदरको परिवार नियोजनको माग गरेका हुन्।

सिजन सुरु भयो उद्योग खुलेनन्

मंसीर सुरुदेखि क्रसिङको सिजन सुरु भएर माघसम्म रहन्छ। तर नवलपरासिका चिनी उद्योगले भने मंसीर तेस्रो सातासम्म उद्याग खोल्ने सुसारै गरेका छैनन्।

बट्टाई पालनमा किसानको आकर्षण

कुखुराको अण्डा र मासु बिक्रीमा बिचौलियाका कारण घाटा बेहोरिरहेका धादिङका किसानले बट्टाई पाल्न सुरु गरेका छन् ।

तरकारीमा आत्मनिर्भर बन्ने प्रयास

‘कृषि पेसा घाटामा जाँदैन । मनग्ये आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ,’ तरकारी खेतीबारे कुरा गरिरहँदा लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटार एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्