९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

उखु किसानका मागप्रति विभिन्न संघसस्थाको ऐक्यबद्धता

काठमाडौं – उखु किसानको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले ऐक्यबद्धता जनाएको छ। महासंघले  मंगलबार विज्ञप्ति जारी गरेर उखु किसानले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि भुक्तानी नपाएकाले देशका विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र किसानका मागप्रति महासंघको ध्यानाकर्षण भएको  जनाएको छ।

लामो समयदेखि किसानले भुक्तानी नपाउनु गम्भीर र दुःखद कुरा हो,’ महासंघका अध्यक्ष  श्यामप्रसाद गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्योगले यथासिघ्र किसानलाई उखुको भुक्तानी गर्न व्यवसायीलाई अनुरोध गर्छौं।’

उखु किसान महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यबद्धता रहेको अध्यक्ष गिरीले बताए। लघु, घरेलु तथा साना उद्योगीको छाता संस्थाको हैसियतमा महासंघ चिनी उद्योगीलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रह गर्दै यस सम्बन्धमा थप केही विषय भए महासंघसँग समन्वय गर्न उनले आग्रह गरे।

त्यसैगरी विवेकशील नेपाली दलले पनि मंगलबार विज्ञप्ति जारी गरेर उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता भएको जनाएको छ। दलले तत्कालै उखु किसानको भुक्तानी गर्न आग्रह गरेको छ।

प्रकाशित: १६ पुस २०७६ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App